प्रवास Tuesday, 11 Oct, 2022
Prestige Media

भदौमा ७६ हजार ४०३ जनाले लिए श्रम स्वीकृति

रोजगारीका लागि बिदेसिनेको संख्या दोब्बरले बढेको विभागको तथ्यांक, प्रमुख गन्तव्य बन्यो मलेसिया

काठमाडौं– चालू आर्थिक वर्ष २०७९÷८० को पहिलो दुई महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा दोब्बर बढेको विवरण वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको छ ।

श्रम गन्तव्य मुलुकमा कोरोना महामारी न्यून हुँदै गएपछि नेपालबाट कामका लागि बिदेसिने नेपालीको संख्या बढ्न थालेको हो ।विभागका अनुसार गत साउन र भदौमा १ लाख ३९ हजार जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्। २०७८ साउन र भदौमा ६१ हजार ४६८ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ। यो संख्या साउन र भदौमा ७७ हजार ५३२ जना बढी हो।

विभागका अनुसार गत भदौमा ७६ हजार ४०३ जनाले श्रम स्वीकृति लिएका छन् भने २०७८ भदौमा ३६ हजार ४० जनाले श्रम स्वीकृति लिएका थिए। गत साउनमा ६३ हजार ५९७ जनाले श्रम स्वीकृति लिएकामा अघिल्लो साउनमा २५ हजार ४२८ जनाले श्रम स्वीकृति लिएको विवरण विभागले सार्वजनिक गरेको छ ।

यो वर्षको साउनमा भन्दा भदौमा वैदेशिक रोजगारीमा जान १३ हजार ३६४ जना बढीले श्रम स्वीकृति लिएको विभागका महानिर्देशक उमाकान्त आचार्यले बताए ।

पछिल्लो समय नेपाली श्रमिकको प्रमुुख श्रम गन्तव्य देश मलेसिया बनेको छ । विभागका अनुसार साउन र भदौमा १ लाख ३९ हजार ४४२ जनाले श्रम स्वीकृति लिएकामा ५८ हजार जनाले मलेसियाका लागि मात्रै लिएका छन्, जुन संख्या करिब ४२ प्रतिशत हो ।
साउनमा ६३ हजारभन्दा बढीले श्रम स्वीकृति लिएकामा २५ हजार, भदौमा ७६ हजार ४०३ जनाले श्रम स्वीकृति लिएका ३३ हजार २ जना मलेसिया रोजगारीमा गएका छन् ।

मलेसिया सरकारले आप्रवासी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएपछि नेपाली श्रमिकको आकर्षण बढेको विभागको भनाइ छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

अध्यागमनबाट निषेधित क्षेत्रमा जानेलाई अनलाइन रुट परमिट’ जारी

वैदेशिक रोजगार बोर्डको ‘सफ्टवेयर’ अझै केही दिन नचल्ने

नेपाल भारतको पर्यटन मेलामा सहभागी

विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न चाहन्छन्ः अर्थमन्त्री महत

बसाइँसराइ असरबारे नीतिगत बहस चलाउन आग्रह

दादुरा–रुबेलाविरुद्धको खोपः २ लाख ८० हजार मात्रा आउनुपर्नेमा ६० लाख मात्रै

बौद्धिक पलायनको भयावह अवस्था रोक्न प्रधानमन्त्रीको आग्रह

शिक्षा र रोजगारीका लागि विदेश पलायन हुने विद्यार्थीलाई स्वेदशमै रोक्न प्रधानमन्त्रीको आग्रह

भरतपुर भ्रमण वर्षले ‘भरतपुर ब्रान्ड’ स्थापित गर्ने मेयर दाहालको दाबी

भिजिट भिसामा कडाइ, गृहले जारी ग¥यो १३ बुँदे निर्देशन

६ महिनामा रोजीरोटीका लागि बिदेसिए करिब साढे ३ लाख नेपाली

इपिएस परीक्षा तीन चरणमा हुने कार्यतालिका

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL