ज्योतिश बास्तु तथा धर्म Thursday, 8 Sep, 2022
Prestige Media

पशुपति क्षेत्र विकास कोषको बजेट पारित

प्राथमिकतामा मृगस्थली क्षेत्रमा शतबीज मार्ग निर्माण

काठमाडौं– पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् बैठकले आर्थिक वर्ष २०७९÷८० का लागि प्रस्तुत कार्यक्रम र बजेट पारित गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा परिषद्का अध्यक्ष एवं पर्यटनमन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले ९६ करोड ८४ लाख ४७ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका थिए ।

बजेटमा मृगस्थली क्षेत्रमा शतबीज मार्ग निर्माणलाई प्राथमिकता दिइएको छ । पशुपति क्षेत्रमा बालाचतुर्दशी अवसरमा शतबीज छर्न बाला चतुर्दशी मेला लाग्ने गरेको छ ।शतबीज मार्ग निर्माण तथा व्यवस्थापन गरी सो क्षेत्रलाई पर्यटकीय आकर्षणको केन्द्रका रूपमा विकास गर्न लागिएको मन्त्री श्रेष्ठले बताए ।

कोषको नीति, कार्यक्रम र बजेटमा फोहोर व्यवस्थापन एवं सरसफाइको व्यवस्था, खानेपानी र स्नान गर्ने पानीको व्यवस्थापन, आर्यघाट व्यवस्थापन तथा मलामी बस्ने स्थानको व्यवस्था, पार्किङ क्षेत्र व्यवस्थापनलाई प्राथमिकता दिइएको छ ।जीर्ण बनेका भौतिक संरचना निर्माण, मन्दिरका बहुमूल्य निधीको संरक्षण र संवद्र्धनलाई कोषले प्राथमिकता दिएको सदस्य(सचिव डा. मिलनकुमार थापाले बताए ।

बैठकमा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले निर्माण गरेको गुरुयोजनालाई छिट्टै अन्तिम रूप दिनेबारे छलफल भएको थियो । गुरुयोजनाबाट पशुपति क्षेत्रको संस्कृति र सम्पदाको संरक्षण हुनुका साथै अन्तर्राष्ट्रिय धार्मिक तथा आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास हुने मन्त्री श्रेष्ठको भनाइ छ । पशुपति क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले पशुपतिनाथमा हुने मेला तथा दर्शन गर्न सहज र व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।

पशुपति क्षेत्र विकास कोषका लागि चालू आर्थिक वर्षमा सरकारबाट विभिन्न २६ वटा पुँजीगत कार्यक्रम सञ्चालन गर्न २४ करोड बजेट विनियोजन भएको तथा कोषको आन्तरिक स्रोतबाट कोष कार्यालय, पशुपति मन्दिर र घाट सेवाका लागि २० करोड ७० लाख पुँजीगत खर्चका लागि बजेट व्यवस्थापन गरिएको कोषाध्यक्ष सुवेदीले बताए ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL