Breaking News
Sunday, 30 Jan, 2022
आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित
काठमाण्डौ : आजका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । बैठक अब आउँदो २६ गते बस्नेछ ।
संसद् सचिवालयले विज्ञप्ति निकालेर कोभिड-१९ सङ्क्रमणको जोखिम यथावत् रहेको कारण बैठक स्थगित गरिएको जनाएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको लगातारको अवरोधका कारण संसद् बैठक नियमित कार्यसूचीमा अगाडि बढ्न सकेको छैन । यस्तै, संसद् बैठक स्थगित भएसँगै आजका लागि बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ ।