Breaking News Wednesday, 26 Jan, 2022
Prestige Media

नेपालको जनसंख्या ३ करोड हाराहारी, बृद्धीदर घट्यो

काठमाडौँ : नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । बुधबार केन्द्रीय तथ्यांकले नेपालको जनगणना(२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नेपालको जनसंख्या करिब ३ करोड पुगेको जनाएको हो ।

यसपटक जनसंख्या वृद्धिदर भने घटेको विभागले जनाएको छ । अघिल्लो जनगणनामा १.३५ प्रतिशत जनसंख्या वृद्धिदर रहेकोमा यसपटक भने ०.९३ प्रतिशत पुगेको छ । दस वर्षमा नेपालको जनसंख्या २६ लाख ९७ हजार ९ सय ७६ अर्थात १०.१८ प्रतिशतले बढेको विभागले जनाएको छ ।

यसपटकको जनगणनामा महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३११ रहेको छ ।

पछिल्लो जनगणनाअनुसार नेपालको जनसंख्या वृद्धिदर ८० वर्षयताकै कम हो । यसअघि विक्रम संवत १९९८ मा गरिएको जनगणनामा नेपालको जनसंख्या वृद्धिदर १.२७ प्रतिशत रहेको थियो । त्यसअघि १९८७ र १९७७ मा गरिएको जनगणनामा भने जनसंख्या वृद्धिदर माइनसमा थियो ।

यसअघि विक्रम संवत २०६८ सालमा गरिएको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो । नेपालमा विक्रम संवत १९६८ सालदेखि जनगणना गर्न थालिएको हो । त्यतिबेला नेपालको जनसंख्या ५६ लाख ३९ हजार रहेको थियो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

प्रधानमन्त्री प्रचण्डसँग रवि लामिछानेबीच भेटवार्ता,गृह नपाए सरकार छाड्ने चेतावनी

देशको आर्थिक संकटबारे एकीकृत समाजवादीले बुझायो प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र

प्रधानमन्त्री प्रचण्ड र मेयर बालेनबीच भेटवार्ता

रवि लामिछानेले पुनः लिए नेपाली नागरिकता

नागरिकता लिने तयारीमा रवि लामिछाने

उद्योगी,व्यवसायीहरुका समस्या,चुनौती र राज्यको भूमिकाबारे अन्तर्क्रिया कार्यक्रम सम्पन्न

प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता

बागमतीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

आचार्यको आत्मदाहमा हामी दोषी छौँ, माफ गर्नुहोला : गृहमन्त्री लामिछाने

संसद भवन अगाडि आत्मदाह प्रयास गरेका प्रेम आचार्यको निधन

संघीयताबिरुद्ध बोल्ने मन्त्रीलाई कारवाही गर्ने प्रचण्डको चेतावनी

बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्प:केही घर भत्किए

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL