Breaking News Tuesday, 21 Dec, 2021
Prestige Media

संसद् सचिवालयद्वारा पत्रकारलाई प्रतिनिधिसभा बैठकको प्रत्यक्ष रिपोर्टिङमा रोक

काठमाडौँ : संघीय संसद् प्रतिनिधिसभाको प्रत्यक्ष रिपोर्टिङमा संसद् सचिवालयले रोक लगाएको छ । संसद् भवनभित्रको पत्रकार कक्षमा सञ्चारकर्मीलाई प्रवेश गर्न सचिवालयले रोक लगाएको हो ।

संघीय संसद् भवनको प्रतिनिधिसभामा रहेको पत्रकार कक्ष प्रवेशमा पत्रकारलाई सुरक्षाकर्मीले माथिको आदेश भन्दै रोक लगाएको छ । नियमित रुपमा पत्रकारहरूले प्रत्यक्ष रिपोर्टिङ गर्न जाने क्रममा मर्यादापालक (प्रहरी सुरक्षाकर्मी)ले रोक लगाएका हुन् । यसअघि पत्रकारहरूलाई सहज रुपमा प्रवेश हुँदै आएको थियो ।

पत्रकारहरूलाई रोक लगाएको विषयमा बुझ्न खोज्दा संसद् सचिवालयका कसैले पनि उठाएनन् । सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले पत्रकारहरूलाई जान नदिनेबारे आफूलाई मंगलबार बिहानै जानकारी मिलेको प्रतिक्रिया दिए । किन त्यस्तो गरिएको भन्नेबारे उनले प्रतिक्रिया दिन चाहेनन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठक पनि एमालेले अवरुद्ध गरिराखेको छ । एमालेको अवरोध र नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले सदनको कारबाही अगाडि बढाएका छन् ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पूर्ण रुपमा सुरक्षित ६ करोड वर्ष पुरानो डाइनासोरको भ्रुण भेटियो

ग्रिसमा दुर्घटनामा परेका मृतक चारैजना नेपालीको सनाखत

आरआरमा क्याम्पसमा चिट चोर्ने बिद्यार्थीलाई रोक्न खोज्दा प्राध्यापकमाथि प्रहार

बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा रहेको जिम हलमा आगलागी

आगामी शुक्रबार सम्म उत्तर कोरियामा हाँस्न र किनमेल गर्न रोक

हुम्लामा हावाहुरीको कारण हवाई उडान बन्द

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकै परिवारका तीन जनाको मृत्यु

महिला साफ च्याम्पियनसिप १९ वर्ष मुनिको खेलमा आज नेपाल र श्रीलंका भिड्ने

मावि शिक्षकका लागि आयोगले १ हजार ५सय ४७ विज्ञापन खुल्यो

दोस्रो चरणको कांग्रेस सभापतिको मतदान सुरु

पाल्पा बुटवल सडकखण्ड आजदेखि पुस १३ गतेसम्म दैनिक ७ घण्टा बन्द हुने

राप्ती राजमार्गमा दुर्घटना नियन्त्रण गर्न टाइम कार्ड लागु

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

सेल्फि खिच्दा ज्यानै गुम्यो

डिभीको नतिजा सार्वजनिक (नतिजा हेर्ने साइट र तरिकासहित)

कार्संग तामाङको मौलिक भाका ‘सिन्धु मेलम्ची हाम्रो गाउँ’

  • rg
PMC TV NEPAL