Breaking News Monday, 20 Dec, 2021
Prestige Media

आगामी शुक्रबार सम्म उत्तर कोरियामा हाँस्न र किनमेल गर्न रोक

काठमाडौ : उत्तर कोरियाका पूर्वनेता तथा किम जोङ उनका पिता किम जोङ इलको १०औं पुण्यतिथिमा ११ दिन राष्ट्रिय शोक मनाउने घोषणा गरिएको छ ।

शुक्रबार उत्तर कोरियाले शोक मनाउने घोषणा गर्दै आफ्ना नागरिकलाई ११ दिन हाँस्न, मदिरा सेवन गर्न र किनमेल गर्न प्रतिबन्ध लगाएको हो । उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनएका अनुसार किम जोङ इलको सम्मानमा पूरा देश उनलाई शान्त श्रद्धाञ्जली दिनेछ । यस अवधिमा गाडी र रेललाई हर्न बजाउन पनि प्रतिबन्ध लगाइएको छ ।

त्यस्तै यो ११ दिनको बीचमा कुनै पनि घरमा कसैको मृत्यु भएमा रुन पनि अनुमति छैन । त्यस्तै शोक अवधि सकिएपछि अर्थात ११ दिनपछि मात्र घरबाट शव निकाल्न निर्देशन दिइएको पनि बताइएको छ

त्यस्तै यही अवधिमा कसैको जन्मदिन परेमा पनि मनाउन पाइने छैन । डिसेम्बर १७ तारिख दिउँसो पूरै देशमा एकसाथ साइरन बजाइनेछ र सम्पूर्ण नागरिक कुमसुसान प्यालेसतर्फ फर्किएर तीन मिनेट नेता किमलाई श्रद्धाञ्जली दिनेछन् ।

किम जोङ इलको मृत्यु सन् २०११ डिसेम्बर १७ मा भएको थियो । दुई दिनसम्म उनको मृत्युका बारेमा कुनै जानकारी सार्वजनिक गरिएको थिएन । दुई दिनपछि सरकारी सञ्चारमाध्यममार्फत उनको मृत्यु भएको घोषणा गरिएको थियो । किम जोङ इल उत्तर कोरियामा शासन गर्ने किम वंशका दोस्रो व्यक्ति हुन् । उनले उत्तर कोरियामा १७ वर्ष शासन गरेका थिए ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बामदेवले घोषणा गरे नयाँ पार्टी

काठमाडौं उपत्यकाकामा ९ जनालाई देखियो हैजा

फेरि प्रधानमन्त्री हुने प्रचण्डको चाहना

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ४१ करोड ९६ लाखको बजेट

मन्त्री फेर्ने निर्णय तत्काल कार्यान्वयनका लागि अध्यक्ष नेपालमाथि दबाब

काठमाडौंका मेयर बालेनले सार्वजनिक गरे चुनावी खर्च विवरण

पेट्रोलमा प्रतिलिटर २१ र डिजेल–मट्टीतेलमा २७ रुपैयाँले मूल्यवृद्धि

पूर्वमाओवादीहरू एक ठाउँमा आउने वातावरण मिलेको प्रचण्डको भनाइ

अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा प्रधानमन्त्री अनुपस्थित

एसपीपी प्रकरणमा छानविन समिति बनाउन भीम रावलको माग

एसपीपीबारे माधवको प्रतिक्रिया-‘जनतालाई गुमराहमा राख्नु हुँदैन’

रवि लामिछानेले छाडे टेलिभिजन

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

डिभीको नतिजा सार्वजनिक (नतिजा हेर्ने साइट र तरिकासहित)

सेल्फि खिच्दा ज्यानै गुम्यो

  • rg
PMC TV NEPAL