आजको पत्रपत्रीकाबाट Wednesday, 19 May, 2021
Prestige Media

आठ बुँदे सहमतिलगत्तै ठाकुर र यादवबीच अर्को विवाद

केपी ओली नेतृत्वको सरकार ढाल्ने कि सरकारविरोधी गठबन्धनमा नलाग्ने भन्ने विषयमा विवाद बढ्दै गई झण्डै फुट्न लागेको जनता समाजवादी पार्टीलाई विभाजनबाट रोक्न उक्त पार्टीको अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार ८ बुँदे सहमति गरेका छन्।

तर ८ बुँदे सहमति सार्वजनिक भएलगत्तै जसपाभित्र अर्को विवाद सुरु भएको छ। ८ बुँदे सहमति गरेकै दिन मंगलबार ठाकुर पक्षले संसद् सचिवालयलाई चिठी लेखेर राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको जानकारी गराएको छ। वैशाख ३० गते बसेको पार्टीको संसदीय दलको बैठकले महतोलाई दलको नेता चयन गर्ने निर्णय गरिएको चिठीमा उल्लेख गरिएको छ। उक्त दिन ठाकुर र महतो पक्षका सांसदहरू भक्तपुरको डोलेश्वर रिसोर्टमा जम्मा भई बैठक गरेका थिए। उक्त बैठकमा महतोलाई दलको नेता चयन गर्ने सहमति बहुमतबाट गरिएको बैठकमा सहभागी जसपाका सांसद प्रमोद साहले बताए।  

यादव पक्षका नेताहरूले ठाकुर र यादवबीच भने ८ बुँदे सहमतिसँगै महतोलाई संसदीय दलको नेता चयन गरिएको विषय पनि समाप्त भएको बताएका छन्। ८ बुँदे सहमतिमा महतोलाई दलको नेता चयन गरिएको विषय उल्लेख गरिएको छैन। त्यसैले संसद् सचिवालयमा पठाएको चिठी आधिकारिक नभएको यादव पक्षधर नेताहरूको भनाइ छ। संसद् सचिवालयमा पठाइएको चिठीमा ठाकुरले मात्र हस्ताक्षर गरको छन्। संसद् सचिवालयमा पठाइएको चिठी विधि र प्रक्रियाविपरीत रहेको यादव पक्षीय नेता इस्तियाक राईले बताए। ‘विधि, विधान र प्रक्रियाविपरीत सचिवालयमा पठाएको चिठी आधिकारिक हुन सक्दैन,’ राईले भने, ‘महतोलाई दलका नेता चयन गर्ने विषयमा कुनै सहमति भएको छैन।’

तर ठाकुरपक्षीय सांसद साहले भने विधि प्रक्रिया र विधानबमोजिम बहुमतबाट महतोलाई दलका नेता चयन गरिएको बताए। ‘सबै प्रक्रिया पूरा गरेर महतोलाई दलको नेता चयन गरिएको छ,’ साहले भने।  

महतोलाई दलका नेता चयन गरिएको विषय संसदीय दलको मामिला भएकोले ठाकुर र यावदबीच भएको ८ बुँदे सहमतिमा उल्लेख नगरिएको साहको भनाइ छ। ८ बुँदे सहमति जसपा तत्काल सरकारमा नजाने उल्लेख गरिएको छ। राष्ट्रिय सहमतिको सरकार बनेमा या जसपाले सरकारको नेतृत्व गर्ने अवसर आएमा भने सरकार गठनको लागि अगाडि बढ्ने सहमति ठाकुर र यादवले गरेका छन्। सोमबार ठाकुर र महतोबीच जसपाको पार्टी कार्यालय बालकुमारीमा गोप्य बैठक गरिएको थियो।नागरिक दैनिकमा समाचार छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

सम्पर्कविहीन २४ प्रहरीलाई एक साताभित्र हाजिर हुन निर्देशन

दुग्ध विकास संस्थानले २५ उत्पादनमा मूल्य घटायो

एसईई परीक्षा तालिका सार्वजनिक

विमानस्थलका पसल कारबाहीमा

सत्ता गठबन्धनमा फुट ल्याउने एमाले रणनीति फिक्का

उपत्यकामा अझै रोकिएन डेंगी संक्रमण

लाइसेन्स नलिई घरजग्गा कारोबार गरे २५ लाख जरिमाना र ६ महिना कैद

न्युरोडलाई सवारी साधनमुक्त क्षेत्र बनाउने तयारी

अवैध रुपमा अमेरिका हिँडेका ४९ जना नेपाली टर्कीबाट फिर्ता

चाडवाड लक्षित सुरक्षा योजना- यात्रुवाहक बसमा सादा पोशाकका प्रहरी खटाउने तयारी

नयाँ नोट सटही घटस्थापना आसपासमा

९८ प्रकारका औषधी निःशुल्क वितरण गर्ने काठमाडौं महानगरको तयारी

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL