प्रमुख समाचार Sunday, 11 Apr, 2021
Prestige Media

प्रेस्टिज मिडियाले मनायो वार्षिकोत्सव


काठमाडौं– चावहिलमा रहेको प्रेस्टिज मिडियाले आप्mनो ११ औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव उद्घाटन पूर्वमन्त्रिपरिषद्का अध्यक्ष एवं पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले शनिबार गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि रेग्मीले सञ्चार माध्यम समाजको ऐना भएकाले यसको प्रस्तुतिलाई सहज रूपमा दर्शक÷श्रोतामाझ ल्याउन सफल प्रेस्टिज मिडियाले सञ्चालन गर्दै आएको भाषण कलासम्बन्धी तालिम सराहनीय भएको बताए । नेतृत्व विकास र व्यक्तित्व विकासमा समर्पित संस्थाले ११ वर्षदेखि उत्पादन गरेको जनशक्तिले भाषण कलाका माध्यमबाट समाजलाई सुसूचित गर्न सहयोग पु¥याएकामा उनले धन्यवाद दिए ।
कार्यक्रमका विशेष अतिथि नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक एवं उज्यालो नेपालका अभियन्ता कुलमान घिसिङले नेतृत्व विकास भनेकै नेतृत्वकर्ता भएकाले आफैंले आफैंलाई नेतृत्वमा पुग्न सक्ने क्षमता विस्तार गर्नुपर्ने सुझाव दिए । उनले प्रेस्टिज मिडियाले गर्दै आएको कामको उच्च प्रशंसा गर्दै व्यवस्थापन उत्कृष्ट भए कुनै पनि कार्यक्रम सफल हुने धारणा राखे ।
वार्षिकोत्सवमा सहभागी प्रेस्टिज मिडियाबाट तालिम लिएकाहरूले संस्थाले आफूहरूको आन्तरिक क्षमतालाई बाहिर ल्याउन सहयोग पु¥याएकामा धन्यवाद दिए । उनीहरूले प्रेस्टिज मिडिया नेतृत्व विकास र अभिव्यक्ति कलाको सिकाइमा उत्कृष्ट रहेको अनुभव सुनाए ।
वार्षिकोत्सवमा सहभागीहरूले प्रेस्टिज मिडियाले गर्दै आएको काम सराहनीय भएकाले आगामी दिनमा निरन्तरता दिएर अझै उचाइमा पुगोस् भन्ने शुभकामना व्यक्त गरे ।
उक्त कार्यक्रममा प्रेस्टिज मिडियाबाट तालिम लिएका वर्षभरिका ८ जना उत्कृष्ट प्रशिक्षार्थीलाई विभिन्न विधामा अवार्ड वितरण गरिएको थियो ।
वार्षिकोत्सव कार्यक्रमको अध्यक्षता प्रेस्टिज मिडियाका प्रबन्ध निर्देशक एवं भाषणकला प्रशिक्षक अग्निप्रसाद भट्टराईले गरेका थिए ।
प्रेस्टिज मिडियालाई सफलताको उचाइमा पु¥याउन सहयोग र साथ दिने सबैलाई उनले धन्यवाद दिए । अध्यक्ष भट्टराईले संस्थालाई एक दशकको समयबाट पार लगाउँदा आइपरेका कठिनाइ एवं चुनौतीबारेका अनुभव सुनाए ।
हालसम्म संस्थाबाट हजारौंले भाषण कलासम्बन्धी तालिम लिइसकेको जानकारी दिए । संस्थाले सर्वसाधारण, नेपाल सरकारका कर्मचारी, सांसददेखि गाउँपालिका अध्यक्ष, वडाध्यक्ष, विभिन्न राजनीतिक दलका नेता, सामाजिक अभियन्तालगायतलाई भाषण कलासम्बन्धी प्रशिक्षण गराउँदै आएको भट्टराईले बताए ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

आशा जगाउने गरी बजेट ल्याइने प्रधानमन्त्री प्रचण्डको दाबी

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालको राजीनामा

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

देशभर एकैसाथ एसइई परीक्षा सुरु

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे कांग्रेस सभापति देउवा

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख २७ हजार ९०० मा कारोबार

सहकारी ठगी प्रकरणमा संलग्न नभएको रवि लामिछानेको दाबी

कालोसूचीमा परे १९ ठेकेदार कम्पनी

उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता हुँदै

यस वर्ष ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ सञ्चालन नहुने

इलाम र बाजुरामा उम्मेदवारी दिने नेकपा माओवादीको निर्णय

नेपालको विद्युत् पूर्वाधारमा थप लगानी गर्न एसियाली पूर्वाधार लगानी बैंक तयार

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL