Exclusive News Wednesday, 17 Feb, 2021
Prestige Media

भागरथीको हत्यामा संलग्न हत्यारा पक्राउ, आज सार्वजनिक गर्ने

काठमाडौं : बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा उनी अध्ययन गर्ने विद्यालयका एक विद्यार्थी पक्राउ परेका छन् ।

सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेको हो । भागरथी यही विद्यालयको कक्षा १२ मा पढ्थिन र माघ २१ गते बुधबार विद्यालयबाट घर हिँडेकी उनको बलात्कारपछि हत्या भएको अवस्थामा भोलिपल्ट शव भेटिएको थियो ।

दार्चुलाबाट बैतडी जाने बाटोबाट भित्री सडक हुँदै भट्टको घर जाने बाटोमा पर्ने लवलेक सामुदायिक वनमा सडकबाट ५० मिटर तल उनको शव भेटिएको थियो ।

घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका भट्टले भागरथीको बलात्कारपछि हत्यामा आफ्नो संलग्नता स्वीकार गरेकाले आज सार्वजनिक गर्ने तयारी रहेको प्रहरीले बताएको छ ।भट्टले घटनामा संलग्नता स्वीकार्दै साबिती बयान दिएको भन्दै ‘बदला लिन यस्तो गरेँ भनेका छन् ।’

उसो त प्रहरीले घटनामा संलग्न हुनसक्ने आशंकामा कञ्चनपुरबाट एक जना सरकारी कर्मचारीलाई पक्राउ गरेको थियो । घटनामा उनी संलग्न भएको हुनसक्ने आधारहरु देखिएको प्रहरीको दाबी थियो । तर उनले घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै डीएनए परीक्षण गर्न चुनौति दिएका थिए । त्यही कारण थप प्रमाण खोज्न जुटेको प्रहरीले आज भट्टलाई अभियुक्तका रुपमा सार्वजनिक गर्दैछ ।

स्रोतका अनुसार भट्टको हत्यापछि प्रहरीले दिनेशलाई सोधपुछ गरेर छाडेको थियो । भागरथी हत्यालाई धेरैले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यासँग जोडेर हेरेका थिए । त्यो घटनाको जस्तो नियति नदोहोरिओस् भनेर खबरदारी समेत गरेका थिए ।

प्रहरी प्रधान कार्यालय, नक्सालले पनि घटनाको संवेदनशीलतामा ध्यान दिँदै सुरुवातदेखि नै केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को टोली खटाएको थियो । प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदी पनि अनुसन्धानमा खटिएका थिए ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बिहिबार बोलायो कांग्रेसले पदाधिकारी बैठक

त्रिभुवन विमानस्थलले घटायो सञ्चालन अवधि, चैत १५ बाट दैनिक १८ घण्टा मात्र खुल्ने

अदालतको फैसलाले दिएको समयसीमा भित्रै बैठक बस्छ : परराष्ट्रमन्त्री ज्ञवाली

संविधानको हत्या गर्ने प्रधानमन्त्रीले राजीनामा नदिए १३ दिनभित्र गल हत्याएर निकाल्ने भुसालको चेतावनी

सर्वोच्च अदालतद्वारा संसद् विघटन बदर : १३ दिनभित्रै बैठक बोलाउन आदेश

१५ दिनपछि उठायो परिवारले भागरथी भट्टको शव

सर्वोच्च अदालतमा संसद विघटनबिरुद्ध बहस सकियो

भागरथी हत्या प्रकरण : प्रहरीद्वारा आरोपित सार्वजनिक

बुधबारदेखि प्रचण्ड–नेपाल समूहको चौथो चरणको आन्दोलन सुरु

सरकारद्वारा ६० प्रकारका ‘मेनु’ पुस्तिका सार्वजनिक,विद्यालयमा ‘जङ्क फुड’खुवाउन निषेध

आज श्रीपञ्चमी : विद्याकी देवी सरस्वतीको पूजाआराधना गरि मनाइदै

चुनाव वैशाखमै हुने प्रधानमन्त्री ओलीको दाबी

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

सेल्फि खिच्दा ज्यानै गुम्यो

डिभीको नतिजा सार्वजनिक (नतिजा हेर्ने साइट र तरिकासहित)

कार्संग तामाङको मौलिक भाका ‘सिन्धु मेलम्ची हाम्रो गाउँ’

  • rg

PMC TV NEPAL