Exclusive News Tuesday, 16 Feb, 2021
Prestige Media

आज श्रीपञ्चमी : विद्याकी देवी सरस्वतीको पूजाआराधना गरि मनाइदै

काठमाडौ : आज श्री पञ्चमी पर्व । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा(आराधना गरी मनाइँदै छ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आफ्ना कला-साधनाका वस्तु कलम, कापी, कूची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा-आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु सुरु हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ। श्रीपञ्चमीका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह ९इही० जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ ।

यस वर्ष भने शुक्र अस्त भएकाले विवाह, व्रतबन्ध जस्ता कर्म यस पर्वमा गरिँदैन । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक(कान छेड्न पनि शुभ मानिन्छ । काठमाण्डौ उपत्यकाका स्वयम्भू, मैतीदेवी र गौरीधारामा रहेका नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लागेको छ ।

आज हनुमानढोका दरबारमा वसन्त श्रवण गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतअनुसार बिहान १० बजेर १७ मिनेटमा हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको छ । वसन्त श्रवणमा राष्ट्रपति विद्यादेवी भण्डारी पनि सहभागी हुनुहुने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बिहिबार बोलायो कांग्रेसले पदाधिकारी बैठक

त्रिभुवन विमानस्थलले घटायो सञ्चालन अवधि, चैत १५ बाट दैनिक १८ घण्टा मात्र खुल्ने

अदालतको फैसलाले दिएको समयसीमा भित्रै बैठक बस्छ : परराष्ट्रमन्त्री ज्ञवाली

संविधानको हत्या गर्ने प्रधानमन्त्रीले राजीनामा नदिए १३ दिनभित्र गल हत्याएर निकाल्ने भुसालको चेतावनी

सर्वोच्च अदालतद्वारा संसद् विघटन बदर : १३ दिनभित्रै बैठक बोलाउन आदेश

१५ दिनपछि उठायो परिवारले भागरथी भट्टको शव

सर्वोच्च अदालतमा संसद विघटनबिरुद्ध बहस सकियो

भागरथी हत्या प्रकरण : प्रहरीद्वारा आरोपित सार्वजनिक

बुधबारदेखि प्रचण्ड–नेपाल समूहको चौथो चरणको आन्दोलन सुरु

भागरथीको हत्यामा संलग्न हत्यारा पक्राउ, आज सार्वजनिक गर्ने

सरकारद्वारा ६० प्रकारका ‘मेनु’ पुस्तिका सार्वजनिक,विद्यालयमा ‘जङ्क फुड’खुवाउन निषेध

चुनाव वैशाखमै हुने प्रधानमन्त्री ओलीको दाबी

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

सेल्फि खिच्दा ज्यानै गुम्यो

डिभीको नतिजा सार्वजनिक (नतिजा हेर्ने साइट र तरिकासहित)

कार्संग तामाङको मौलिक भाका ‘सिन्धु मेलम्ची हाम्रो गाउँ’

  • rg

PMC TV NEPAL