Breaking News Sunday, 24 Jan, 2021
Prestige Media

नेकपामा कारबाही शृंखला : अध्यक्ष ओलीलाई प्रचण्ड–नेपाल समूहले पार्टीबाटै हटायो

गोकुल अर्याल
दुई चिरा भएर पार्टी कब्जामा रुमलिएको नेकपाभित्र अब उपस्लो स्तरमै कारबाही शृंखला सुरु भएको छ । पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको नेकपाले प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।


प्रचण्ड–नेपाल समूहले यसअघि प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण सोध्दै बालुवाटार गेटमा पत्र छाडेको थियो । स्थायी समितिको बैठकले गंगालाल तुलाधरलाई कार्यालय सचिव बनाएको छ । यसअघि नै पूर्व माओवादीका तर्फबाट श्रीराम ढकाल सचिव थिए ।


यस्तै कार्यालयको उपसचिवमा मोहन गौतम नियुक्त भएका छन् । यसअघि ७ पुसमा बसेको प्रचण्ड–नेपाल पक्षीय केन्द्रीय कमिटीले ओलीलाई अध्यक्षबाट हटाएको थियो ।
ओलीको ठाउँमा नेता नेपाल अध्यक्ष बनाइएका छन् । ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा २ सय ९७ जना उपस्थित बैठकले ओलीलाई हटाएर नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो ।
ओली नेकपाले भने प्रचण्ड–नेपाल कुनै पनि नेतामाथि अनुशासनको कारबाही गरेको छैन ।

ओली तत्कालीन नेकपा एमाले महाधिवेशनबाट निर्वाचित अध्यक्ष हुन् । तत्कालीन नेकपा–एमाले एउटै भएपछि ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्षको जिम्मा दिइएको थियो ।
नेकपा नभाँचिउन्जेल एउटै पार्टी भए पनि प्रचण्ड–नेपाल समूहले खोइरो खनेपछि ओलीले प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाएर पार्टीभित्रको विवाद केही छिनलाई थान्को लगाएका थिए ।


नेकपामा वैधानिक रुपमा ओली नै अध्यक्ष हुन् तर दुवै समूह एकअर्काले आपूm नै पार्टी शिरोमणि भएको भन्दै भटाभट कारबाही गर्दै आएका छन् ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्यो, सात जनाको मृत्यु

तनहुँमा जन्ती बोकेको गाडी पल्टिँदा २ जनाको मृत्यु, १६ घाइते

उच्च अदालत पाटनका न्यायाधीश मरासिनीको निधन

प्रधानमन्त्री प्रचण्डलाई ओलीले बुझाए मध्यपहाडी क्षेत्रका ७५१ योजना र मागसहितको थैली

बारामा बस र ट्रक एकापसमा ठोक्किँदा ३ जनाको मृत्यु, २७ घाइते

राजनीतिक दलहरुलाई चुनावलक्षित नभई पुस्तालक्षित राजनीति गर्न रविको आग्रह

राप्रपा कोशी सरकार निर्माणमा तटस्थ बस्ने

रिगलको आममाफीविरुद्ध माइतीघरमा विरोध प्रदर्शन

इजरायलको सैन्य अखडामा हेजबुल्ला समूहले हान्यो मिसाइल

इजरायलबाट नेपाल फर्किन २०० ले दिए आवेदन

कोशीमा आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेस निर्णय

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद् विशेष बैठक

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL