Breaking News Wednesday, 13 Jan, 2021
Prestige Media

नेकपामा गाईजात्रा : ओली र प्रचण्ड–नेपाल समूहद्वारा निर्वाचन आयोगलाई पार्टी विभाजन नभएको खबर

नेकपामा रडाको मच्चिने क्रम जारी छ । प्रधानमन्त्री केपी ओली समूहको नेकपा र माधव नेपाल÷पुष्पकमल दाहाल समूहको नेकपाले निर्वाचन आयोगलाई पठाएको पत्रले जग हँसाएको छ ।
दुवै समूहले पत्र बुझाएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
ओली समूहका नेता सुवास नेम्वाङको टोली बुधबार आयोग पुगेको थियो भने प्रचण्ड समूहका लीलामणि पोखरेलसहितको टोली आयोग गएर जवाफ पठाएको हो ।

निर्वाचन आयोगले गत २३ पुसमा दुवै समूहलाई राजनीतिक दलसम्बन्धी नियमावलीको नियम २५ अनुसार सात दिनभित्र सच्याएर जवाफ पेस गर्न भनेको थियो ।
ओली समूहका नेता नेम्वाङले आयोगले मागेअनुसार १० पेजको जवाफ र आवश्यक कागजपत्र बुझाएको बताए । ओली समूहले निर्वाचन आयोगमा पठाएको जवाफमा नेकपा विभाजन नभएको उल्लेख छ । ‘मेरो नेतृत्वमा आगामी २०७८ मंसिर २ देखि ६ गतेसम्म एकता महाधिवेशन गर्ने निर्णय गरी सो महाधिवेशन नभएसम्मका लागि पार्टीको प्रमुख पदाधिकारी तथा प्रथम अध्यक्षको नाताले पार्टी एकीकरण गर्दाको मर्म, भावनाअनुरुप र विधानको धारा १८ (झ) (२) र ५ बमोजिम गठन भएको केन्द्रीय कमिटीमा पुष्पकमल दाहाल साविकमा झँै दुई नम्बर अध्यक्ष हुनुहुन्छ, अर्को दाबीकर्ता माधवकुमार नेपाल वरिष्ठ नेता रहनुभएको छ,’ ओलीले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘यसरी नै उहाँहरुले पेस गरेको भेलाको माइन्युटमा हस्ताक्षर गर्ने साथीहरुमध्ये धेरैले २०७७ पुस ७ र ९ गते बालुवाटारमा महासचिव अध्यक्षको परामर्शमा बोलाउनुभएको बैठकमा हस्ताक्षर गर्नुभएको छ ।’

यसैबीच प्रचण्ड–माधव समूहका नेता रामनारायण विडारीले केन्द्रीय समितिको सदस्यको बहुमत सदस्यले गरेको निर्णयबारे जवाफ पठाएको जानकारी दिए । प्रचण्ड–नेपाल समूहले आयोगलाई बुझाएको जवाफको अन्तिममा भनिएको छ, ‘लाखौं जनताको बलिदानले, त्याग र तपस्याले प्राप्त गरेको अहिलेको व्यवस्थालाई रक्षा गर्न संवैधानिक अंग राखिएको छ । ती संवैधानिक अंगका सानो त्रुटिले देश खतरामा जाने र परिवर्तनका सबै चीजलाई ठुलो नोक्सान पर्ने, देश र जनताले दुःख पाउने भएको हुनाले निष्पक्षता, तटस्थता, पारदर्शिता स्वीकार गरेर सबै संवैधानिक अंगले काम गर्छ भन्ने विश्वास गर्दछौं ।’ जवाफमा माधव नेपाल र प्रचण्डको हस्ताक्षर छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्यो, सात जनाको मृत्यु

तनहुँमा जन्ती बोकेको गाडी पल्टिँदा २ जनाको मृत्यु, १६ घाइते

उच्च अदालत पाटनका न्यायाधीश मरासिनीको निधन

प्रधानमन्त्री प्रचण्डलाई ओलीले बुझाए मध्यपहाडी क्षेत्रका ७५१ योजना र मागसहितको थैली

बारामा बस र ट्रक एकापसमा ठोक्किँदा ३ जनाको मृत्यु, २७ घाइते

राजनीतिक दलहरुलाई चुनावलक्षित नभई पुस्तालक्षित राजनीति गर्न रविको आग्रह

राप्रपा कोशी सरकार निर्माणमा तटस्थ बस्ने

रिगलको आममाफीविरुद्ध माइतीघरमा विरोध प्रदर्शन

इजरायलको सैन्य अखडामा हेजबुल्ला समूहले हान्यो मिसाइल

इजरायलबाट नेपाल फर्किन २०० ले दिए आवेदन

कोशीमा आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेस निर्णय

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद् विशेष बैठक

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL