अर्थ बाणिज्य / समाज Monday, 11 Jan, 2021
Prestige Media

डिभोर्सको ८ वर्षपछि पूर्वश्रीमानको काजकिरिया

दाङ : दाङमा भने एक जना महिलाले डिभोर्स भइसकेका आफ्ना पूर्व श्रीमानको काज किरिया गरेकी छन्। तुलसीपुर उपमहानगरपालिका- ७ की ४९ वर्षीया देवीकुमारी भण्डारीले ४४ वर्षीय पूर्वश्रीमान् विष्णु बेलवासेको मृत्युपछि हिन्दु परम्पराअनुसार १३ दिन कोरा बारेर काजकिरिया गरेकी हुन्।

डिभोर्स गरेका श्रीमानको मृत्युपछि घरमै १३ दिनसम्म किरिया बसेर दुई दिनअगाडि मात्रै शुद्ध शान्तिको काम सकेको भण्डारीले बताइन्। भण्डारीका पूर्वपति बेलवासेको गत पुस १२ गते कोहलपुरमा विषादी सेवनबाट मृत्यु भएको थियो।

‘उहाँले दिउँसो विषादी सेवन गर्नु भएको रहेछ,’ भण्डारीले भनिन्, ‘त्यो थाहा पाएपछि स्थानीयले अस्पताल पुर्‍याए पनि राति १२ बजे मृत्यु भएको रहेछ।’

बेलवासेको मृत्युको खबर होटेल सञ्चालकले १३ गते बिहान ६ बजेमात्रै भण्डारी दिएका थिए। थाहा पाउनसाथ भण्डारी पहिलाका देवरसँगै बाँके पुगेकी थिइन। उनीहरू पुग्दा बेलबासेको शव पोष्टमर्टमका लागि भेरी अस्पतालमा राखिएको थियो। ‘हामी पुग्दा पोष्टमर्टम भइसकेको थियो। शव बुझेर दाङको घर नजिकैको कालोखोला घाटमा अन्त्येष्टि गर्‍यौं,’ उनले भनिन्।

बेलवासे केही वर्षदेखि कान्छी श्रीमतीसँग कोहलपुरको एक होटलमा बस्थे। उनीहरू दुबै जना सोही होटलमा काम गर्थे। कान्छी श्रीमती पनि गत भदौमा अर्कैसँग विवाह गरेर गइन्। त्यो कुरा आफूले शव ल्याउन गएका बेलामात्रै थाहा पाएको भण्डारीले बताइन्। भण्डारी र बेलवासेले २०४९ सालमा विवाह गरेका थिए। बिहे भएको दुई वर्षपछि छोरी जन्मिइन्।

०६५ सालतिर उनकी छोरीको बिहे भयो। अहिले ८ वर्षको नाति पनि छ। ६६ सालतिर बेलवासेले कान्छी लिएर घर छोडे। भण्डारी घरमा एक्लै बस्न थालिन्। यसबीचमा उनका श्रीमानले घर आएर बेलाबेला यातनासमेत दिने गरेको उनले बताइन्। ‘मदिरा सेवन गरी आएर मनपरी गाली गलौज र कुटपिट गर्न थाले। घरबाट निकाल्न धाक धम्की दिए’ उनले भनिन्, ‘तीन पटक त रातिमा मलाई मार्न भनेर आए। धेरै यातना दिन थालेपछि मुक्त हुन मैले डिभोर्सको बाटो रोजेकी हुँ।’

उनले डिभोर्स रोज्नुको कारण सम्पत्ति खोजेको वा श्रीमान् त्यागेको रूपमा आफूले कहिल्यै नबुझेको बताइन्। ‘सम्पत्ति त के नै छ ररु हाम्रो, यही ऐलानी जग्गामात्रै हो,’ उनले भनिन्।

श्रीमानले आफूलाई जति दुःख र यातना दिएको भए पनि मृत्युको खबर सुन्नासाथ मन सम्हाल्न नसकेको उनले बताइन्। ‘औपचारिक रूपमै डिभोर्स भएको ८ वर्ष जति भए पनि म त उहाँकै श्रीमती हुँ,’ भण्डारीले भनिन्, ‘उहाँको मृत्युको खबर सुन्नासाथ मेरो मनले मान्दै मानेन र गएर शव ल्याएर आफ्नो धर्म र परम्पराअनुसार सबै काजकिरिया गरेकी हुँ।’

उनले आफूले राजीखुसीका साथ मनैदेखि त्यो सबै गरेको बताइन्। ‘कसैको करकाप र दबाबले मैले त्यस्तो कर्म गरेकी हैन,’ उनले भनिन्, ‘मेरो उद्देश्य उहाँको यातनाबाट मुक्ति पाउनका लागि मात्रै डिभोर्स थियो। उहाँले जे जस्तो गरे पनि उहाँ नै मेरो श्रीमान हो।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

६ महिनाभित्र रिठेपानीडाँडा कटान गर्न सरकारलाई निर्देशन

बिहिबार बोलायो कांग्रेसले पदाधिकारी बैठक

त्रिभुवन विमानस्थलले घटायो सञ्चालन अवधि, चैत १५ बाट दैनिक १८ घण्टा मात्र खुल्ने

अदालतको फैसलाले दिएको समयसीमा भित्रै बैठक बस्छ : परराष्ट्रमन्त्री ज्ञवाली

संविधानको हत्या गर्ने प्रधानमन्त्रीले राजीनामा नदिए १३ दिनभित्र गल हत्याएर निकाल्ने भुसालको चेतावनी

बुधबार सुनको भाउ तीन सय रुपैयाँले घट्यो

सर्वोच्च अदालतद्वारा संसद् विघटन बदर : १३ दिनभित्रै बैठक बोलाउन आदेश

रुपन्देहीमा एक वर्षीया शिशुको हत्या गरेको आरोपमा आमाबाबुसहित ५ जना पक्राउ

२५ करोड रुपैयाँ बराबरका सामग्रीे खरीद गर्दै निर्वाचन आयोग

नेपालमा २४ घण्टाभित्र १२५ संक्रमित, ९० जना संक्रमणमुक्त

रक्तदान कार्यक्रम सम्पन्न

१५ दिनपछि उठायो परिवारले भागरथी भट्टको शव

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

सेल्फि खिच्दा ज्यानै गुम्यो

डिभीको नतिजा सार्वजनिक (नतिजा हेर्ने साइट र तरिकासहित)

कार्संग तामाङको मौलिक भाका ‘सिन्धु मेलम्ची हाम्रो गाउँ’

  • rg

PMC TV NEPAL