Breaking News Friday, 8 Jan, 2021
Prestige Media

चार पूर्वन्यायमूर्तिको एउटै बोली : संसद् विघटन गरेर असंवैधानिक काम गरे ओली

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गर्नु असंवैधानिक भएको दाबी चार पूर्वप्रधानन्यायाधीशले गरेका छन् ।
पूर्वन्यायमूर्तिहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै आकर्षित नहुने धारा प्रयोग गरेर प्रतिनिधिसभा भंग गरिएको बताए ।

संविधानको धारा ७६ ले मन्त्रिपरिषद् गठन गर्ने सिलसिला वा सो प्रयोजनबाहेक अर्को अवस्थामा संसद् विघटन गर्ने अधिकार नदिएको भन्दै वक्तव्यमा भनिएको छ, ‘आकर्षित नहुने धारा ग्रहण गरी प्रनिनिधिसभा विघटन गरिएको छ ।’
पूर्वप्रधानन्यायाधीशहरूले संयुक्त वक्तव्यमा भनेका छन्, ‘दलहरूको आन्तरिक द्वन्द्व वा खिचलोजस्ता कुनै परिस्थितिले जुन प्रयोजनका लागि जे कुरा गर्न व्यवस्था गरिएको छ, त्यसबाहेक उक्त धारा आकर्षित हुन सक्दैन ।’
उनीहरूले संसद् विघटन प्रधानमन्त्रीको विशेषाधिकार भन्ने तर्कको पनि खण्डन गरेका छन् । ‘प्रस्ट रुपमा संविधानले अधिकार दिएकामाबाहेक प्रतिनिधिसभा विघटन गर्नेजस्तो अधिकार आफूमा अन्तरनिहित रहेको भन्न, अधिकार सिर्जना गर्न वा ग्रहण गर्न मिल्ने अवस्था देखिँदैन’, चारपूर्व प्रधानन्यायाधीले भनेका छन् ।
कुनै पनि समसामयिक घटना वा परिस्थिति विशेषले संविधानको आधारभूत मूल्य–मान्यता परिर्वतन हुन नसक्ने भन्दै उनीहरूले संविधान र सविधानको वादको अधीनमा रहेर सम्बोधन गर्ने क्षमता राख्नुपर्ने बताएका छन् ।
उनीहरूले संसद विघटनलाई वैधानिकता दिइए संवैधानिक दिशाविहीनताको अवस्था सिर्जना हुनसक्ने तर्फ सचेत गराएका छन् । वक्तव्यमा भनिएको छ, ‘संविधान कार्यान्वयन गर्दा संविधानविपरीतका कदमलाई मान्यता दिने हो भने संविधानको कुनै पनि संरचना वा प्रावधान दुरुपयोग हुन सक्ने भय रहन्छ ।’
प्रतिनिधिसभा र सरकारको स्थिरताका लगि संविधानले गरेको व्यवस्थाको उपेक्षा गरी संसद् भंग गर्नु असामान्य राजनीतिक र संवैधानिक गतिरोध भएको चार पूर्वप्रधानन्यायाधीशको दाबी छ ।
‘प्रजातन्त्र, कानूनी राज्य र विकासका लागि यस्तो कार्य फेरि कहिल्यै दोहोरिन नपाउने गर्न र वर्तमान गतिरोधको अवस्था सुधार्न सम्बन्धित सबैको ध्यानाकर्षणका लागि अनुरोध गर्दर्छौं,’ न्यायमूर्तिहरूले भनेका छन् ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बिहिबार बोलायो कांग्रेसले पदाधिकारी बैठक

अदालतको फैसलाले दिएको समयसीमा भित्रै बैठक बस्छ : परराष्ट्रमन्त्री ज्ञवाली

सर्वोच्च अदालतद्वारा संसद् विघटन बदर : १३ दिनभित्रै बैठक बोलाउन आदेश

सभामुखको रिटमा सर्वोच्चको अन्तरिम आदेश अस्वीकार

नेपाललाई चीनको ३ लाख डोज कोरोना खोप

सेयर बजारमा गुल्जार : कारोबार रकम र कित्ताले रच्यो ऐतिहासिक रेकर्ड

पुरानै नेकपालाई आयोगको मान्यता : फुटेकाहरूबीच घमासान

नेकपामा कारबाही शृंखला : अध्यक्ष ओलीलाई प्रचण्ड–नेपाल समूहले पार्टीबाटै हटायो

देउवा रणनीति : प्रदेशमा मुख्यमन्त्री दिनेलाई कांग्रेसको समर्थन

नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि

भारतीय कम्पनीले उत्पादन गर्ने कोरोना खोपलाई नेपालको अनुमति

नेकपामा गाईजात्रा : ओली र प्रचण्ड–नेपाल समूहद्वारा निर्वाचन आयोगलाई पार्टी विभाजन नभएको खबर

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

सेल्फि खिच्दा ज्यानै गुम्यो

डिभीको नतिजा सार्वजनिक (नतिजा हेर्ने साइट र तरिकासहित)

कार्संग तामाङको मौलिक भाका ‘सिन्धु मेलम्ची हाम्रो गाउँ’

  • rg

PMC TV NEPAL