Breaking News Monday, 4 Jan, 2021
Prestige Media

मन्त्रिपरिषद् विस्तारमा सरकारलाई सर्वोच्चको कारण देखाऊ आदेश

सर्वोच्च अदालतले सरकारलाई प्रतिनिधिसभा विघटनपछि मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने कारण लिखित रूपमा पेस गर्न आदेश दिएको छ ।
न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले एक साताभित्र जवाफ लिएर छलफलमा उपस्थित हुन सोमबार आदेश जारी गरेको हो । सर्वोच्चले दुवै पक्षलाई उपस्थित हुन भनेको छ ।
गत १३ पुसमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता लोकेन्द्र ओली र अधिवक्ता केशरजंग केसीले रिट दर्ता गराएका थिए ।
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड–नेपाल समूहका मन्त्रीले राजीनामा दिएका थिए । त्यसपछि रिक्त पदमा प्रधानमन्त्रीले १० पुसमा मन्त्रिमण्डल पुनर्गठन गरेका थिए ।
प्रतिनिधिसभा नभएको अवस्थामा संविधानभन्दा बाहिर गरिएको मन्त्रिपरिषद् तत्काल बदर गर्न रिटमा माग गरिएको छ ।
संविधानको धारा ७७(१) ले प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुन नसक्ने र अहिलेका प्रधानमन्त्री प्रतिनिधिसभा सदस्यसमेत नभएको अवस्थामा मन्त्रिपरिषद् विस्तार गर्न नसक्ने रिट निवेदनमा जिकिर गरिएको छ ।
धारा ७७(३) ले प्रधानमन्त्री पद रिक्त भए अर्को मन्त्रिपरिषद् गठन नभएसम्म कार्य सञ्चालन गर्नेसम्मको अधिकार दिएको भन्दै संविधानको पालन र संरक्षण गर्ने प्रमुख कर्तव्यबाट राष्ट्रपति गम्भीर रूपमा चुकेको रिटमा उल्लेख छ ।
प्रधानमन्त्री र राष्ट्रपति दुवैबाट संविधानको गम्भीर उल्लंघन हुने कार्य भएको हुँदा संविधानको धारा १३३(२,३) बमोजिम विस्तारित मन्त्रिपरिषद् बदर गर्न उनीहरूले माग गरेका छन् ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बिहिबार बोलायो कांग्रेसले पदाधिकारी बैठक

अदालतको फैसलाले दिएको समयसीमा भित्रै बैठक बस्छ : परराष्ट्रमन्त्री ज्ञवाली

सर्वोच्च अदालतद्वारा संसद् विघटन बदर : १३ दिनभित्रै बैठक बोलाउन आदेश

सभामुखको रिटमा सर्वोच्चको अन्तरिम आदेश अस्वीकार

नेपाललाई चीनको ३ लाख डोज कोरोना खोप

सेयर बजारमा गुल्जार : कारोबार रकम र कित्ताले रच्यो ऐतिहासिक रेकर्ड

पुरानै नेकपालाई आयोगको मान्यता : फुटेकाहरूबीच घमासान

नेकपामा कारबाही शृंखला : अध्यक्ष ओलीलाई प्रचण्ड–नेपाल समूहले पार्टीबाटै हटायो

देउवा रणनीति : प्रदेशमा मुख्यमन्त्री दिनेलाई कांग्रेसको समर्थन

नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि

भारतीय कम्पनीले उत्पादन गर्ने कोरोना खोपलाई नेपालको अनुमति

नेकपामा गाईजात्रा : ओली र प्रचण्ड–नेपाल समूहद्वारा निर्वाचन आयोगलाई पार्टी विभाजन नभएको खबर

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

सेल्फि खिच्दा ज्यानै गुम्यो

डिभीको नतिजा सार्वजनिक (नतिजा हेर्ने साइट र तरिकासहित)

कार्संग तामाङको मौलिक भाका ‘सिन्धु मेलम्ची हाम्रो गाउँ’

  • rg

PMC TV NEPAL