Exclusive News Friday, 1 Jan, 2021
Prestige Media

प्रहरीले बाँडेको लड्डुमा भेटियो नङ

काठमाडौं : काठमाडौंको कमलपोखरीमा रहेको आँगन स्वीट्सले बिक्री गरेको लड्डुमा मंगलबार मानिसको नङ भेटियो । नेपाल प्रहरीका एक जना हाकिमले आफ्नो बढुवाको खुसीयालीमा बाँडेको लड्डुमा नङ भेटिएको घटना यतिबेला चर्चामा छ ।

वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डीआइजी) मा बढुवाको खुसीयालीमा डा। देवबहादुर बोहोराले आँगनबाट दुई किलो मिक्स मिठाई किनेका थिए । सामान्यतया उपभोक्ताको जीवनमा यस्ता घटना दिनहुँ भइरहन्छन् तर प्रहरीको हाकिमले किनेको लड्डुमै नङ भेटिएका कारण यो घटनाले चर्चा पायो ।

प्रहरीकै उजुरीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आँगन मिठाई भण्डारबाट नमूना संकलन गरेर अध्ययन थालेको छ । आँगनको पसल र उत्पादनस्थलमा केही अखाद्य वस्तु पनि भेटिएको विभागले जनाएको छ । नमूना प्रयोगशालामा पठाएर पसल सञ्चालकलाई तीन दिनभित्र हाजिर हुन भनिएको प्रवक्ता मोहन कृष्ण महर्जनले बताए ।

मिठाईमा नङको टुक्रा पाइनु भनेको हेलचेक्र्याईंको पराकाष्टा भएको विभागका अधिकारीहरु बताउँछन् । कुनै पनि खाद्य पदार्थमा हुनुपर्ने गुण र तत्वबाहेकका अन्य मिसावट हुनै नहुने वरिष्ठ खाद्य अनुसन्धान अधिकृत समेत रहेका प्रवक्ता महर्जन बताए।

विगतका वर्षहरुमा मिठाईमा अखाद्य रङ्ग मिसाउने समस्या धेरै देखिएको थियो । अहिले रौं, नङ भेटिनु मानवीय असावधानी हुनसक्ने उनले बताए ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बिहिबार बोलायो कांग्रेसले पदाधिकारी बैठक

त्रिभुवन विमानस्थलले घटायो सञ्चालन अवधि, चैत १५ बाट दैनिक १८ घण्टा मात्र खुल्ने

अदालतको फैसलाले दिएको समयसीमा भित्रै बैठक बस्छ : परराष्ट्रमन्त्री ज्ञवाली

संविधानको हत्या गर्ने प्रधानमन्त्रीले राजीनामा नदिए १३ दिनभित्र गल हत्याएर निकाल्ने भुसालको चेतावनी

सर्वोच्च अदालतद्वारा संसद् विघटन बदर : १३ दिनभित्रै बैठक बोलाउन आदेश

१५ दिनपछि उठायो परिवारले भागरथी भट्टको शव

सर्वोच्च अदालतमा संसद विघटनबिरुद्ध बहस सकियो

भागरथी हत्या प्रकरण : प्रहरीद्वारा आरोपित सार्वजनिक

बुधबारदेखि प्रचण्ड–नेपाल समूहको चौथो चरणको आन्दोलन सुरु

भागरथीको हत्यामा संलग्न हत्यारा पक्राउ, आज सार्वजनिक गर्ने

सरकारद्वारा ६० प्रकारका ‘मेनु’ पुस्तिका सार्वजनिक,विद्यालयमा ‘जङ्क फुड’खुवाउन निषेध

आज श्रीपञ्चमी : विद्याकी देवी सरस्वतीको पूजाआराधना गरि मनाइदै

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

सेल्फि खिच्दा ज्यानै गुम्यो

डिभीको नतिजा सार्वजनिक (नतिजा हेर्ने साइट र तरिकासहित)

कार्संग तामाङको मौलिक भाका ‘सिन्धु मेलम्ची हाम्रो गाउँ’

  • rg

PMC TV NEPAL