अर्थ बाणिज्य / समाज Wednesday, 16 Dec, 2020
Prestige Media

प्रज्ञासभाबाट विभिन्न पुरस्कार घोषणा

काठमाण्डौ : नेपाल प्रज्ञा–प्रतिष्ठानको ३५औँ प्राज्ञसभाले विभिन्न विज्ञ र स्रष्टालाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

बैठकले दुई लाख रुपैयाँको ‘नेपाल सामाजिक शास्त्ररसंस्कृतिरदर्शनशास्त्र पुरस्कार’ प्रा डा वीरेन्द्रप्रसाद मिश्र र ‘नेपाल प्रज्ञा भाषा पुरस्कार’ प्रा डा तेजरत्न कंसाकारलाई प्रदान गर्ने निर्णय गरेको छ ।

यस्तै एक लाख रुपैयाँ राशिको ‘नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार’ हरिहर खनाल र रविमान लम्जेल तथा हिमाल, पहाड र तराईमा बोलिने मातृभाषा साहित्यतर्फ पूर्ण वैद्य, इन्द्रबहादुर गुरुङ, चतुर्भजलाल दास केवरत र हंसावती कुर्मीलाई प्रदान गर्ने निर्णय गरिएको सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

बैठकले दुई(दुई लाख राशिको ‘भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार’ भारत, आसामका लीलबहादुर क्षेत्री, ‘नेपाल प्रज्ञा अनुवाद पुरस्कार’ कृष्णप्रकाश श्रेष्ठ र विदेशी नागरिकलाई दिइने तीन हजार अमेरिकी डलर वा सो बराबरको ‘नेपाल प्रज्ञालङ्कार सम्मान’ चीनका प्रा वाङ हङ्वेईलाई प्रदान गर्ने निर्णय गरेको छ । बैठकले डा महेशराज पन्त र प्रा डा सूर्यप्रसाद सुवेदीलाई प्रज्ञा–प्रतिष्ठानको मानार्थ सदस्यता र आनन्ददेव भट्टलाई आजीवन सदस्यता प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले गत आर्थिक वर्षको खर्च पारित गर्दै चालू आर्थिक वर्षका लागि १९ करोड ५० लाख रुपैयाँको बजेट पारित गरेको छ । सभाले वार्षिक नीति र कार्यक्रमसमेत पारित गरेको छ । बैठकमा कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रज्ञा–प्रतिष्ठानले गरिरहेका कार्यक्रमको समीक्षा र भावी कार्यक्रमिक योजनाबारे सभामा छलफल भएको बताउनुभयो । सभामा मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल शुभकामना सम्बोधन गर्नुभएको थियो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

६ महिनाभित्र रिठेपानीडाँडा कटान गर्न सरकारलाई निर्देशन

बिहिबार बोलायो कांग्रेसले पदाधिकारी बैठक

त्रिभुवन विमानस्थलले घटायो सञ्चालन अवधि, चैत १५ बाट दैनिक १८ घण्टा मात्र खुल्ने

अदालतको फैसलाले दिएको समयसीमा भित्रै बैठक बस्छ : परराष्ट्रमन्त्री ज्ञवाली

संविधानको हत्या गर्ने प्रधानमन्त्रीले राजीनामा नदिए १३ दिनभित्र गल हत्याएर निकाल्ने भुसालको चेतावनी

बुधबार सुनको भाउ तीन सय रुपैयाँले घट्यो

सर्वोच्च अदालतद्वारा संसद् विघटन बदर : १३ दिनभित्रै बैठक बोलाउन आदेश

रुपन्देहीमा एक वर्षीया शिशुको हत्या गरेको आरोपमा आमाबाबुसहित ५ जना पक्राउ

२५ करोड रुपैयाँ बराबरका सामग्रीे खरीद गर्दै निर्वाचन आयोग

नेपालमा २४ घण्टाभित्र १२५ संक्रमित, ९० जना संक्रमणमुक्त

रक्तदान कार्यक्रम सम्पन्न

१५ दिनपछि उठायो परिवारले भागरथी भट्टको शव

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

सेल्फि खिच्दा ज्यानै गुम्यो

डिभीको नतिजा सार्वजनिक (नतिजा हेर्ने साइट र तरिकासहित)

कार्संग तामाङको मौलिक भाका ‘सिन्धु मेलम्ची हाम्रो गाउँ’

  • rg

PMC TV NEPAL