कला / साहित्य
Monday, 7 Dec, 2020

विवाह बन्धनमा बाँधिदै मनोज गजुरेल
काठमाडौं , हास्य कलाकार मनोज गजुरेल विवाह बन्धनमा बाँधिने भएका छन् । करिब तीनवर्ष अगाडि मीना ढकालसँगको २२ वर्ष लामो सम्बन्धलाई अन्त्य गर्दै सम्बन्ध बिच्छेद गरेका मनोजले पुनः विवाह गर्ने तयारी गरेका हुन् ।
मनोजले आफू विवाह बन्धनमा बाँधिन लागेको प्रोमो सार्वजनिक भएपछि उनका शुभचिन्तकले चासो व्यक्त गरेका थिए । “केही समय पछि म विवाह बन्धनमा बाँधिन लागेको कुरा साँचो हो । तर कोसँग, कहाँ र कहिले अहिले खुलाउँन नचाहेको हुन् । घरायसी व्यवहारिक कुराहरु मिलाउँन बाँकी छ ।उनले पूर्वी नेपालमा विवाह गर्न लागेको जानकारी दिए । मनोज लोकप्रिय हास्य कलाकार हुन् ।