Breaking News Thursday, 26 Nov, 2020
Prestige Media

नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता

नेपाल र भारतका उच्च कूटनीतिक अधिकारीहरूले शताब्दीऔं पुरानो नेपाल–भारत सम्बन्धलाई एक्काइसौँ शताब्दी सुहाउँदो तुल्याउन पारस्परिक विश्वास र सहयोग अभिवृद्धि गर्दै त्यसलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
करिब एक वर्षको अन्तरालपछि राजधानीमा बिहीबार भएको नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठकमा त्यस्तो प्रतिबद्धता व्यक्त गरिएको हो । भारतले बिहीबारै भएको अर्को एक सार्वजनिक कार्यक्रममा सोही विषयमा जोड दिँदै ऐतिहासिक एवं मानव सभ्यतासँग जोडिएको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने दृढता व्यक्त गरेको छ ।

कोभिड–१९ संक्रमितको उपचारका लागि भारतीय जनता र सरकारका तर्फबाट नेपाल सरकार र नेपाली जनतालाई २ हजार भाएल रेम्डिसिभिर इञ्जेक्सन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई मन्त्रालयको प्रेक्षालयमा हस्तान्तरण गरेपछि भारतका विदेश सचिव हर्षवद्र्धन शृंगलाले सचिवस्तरीय बैठक तथा मन्त्री ज्ञवालीसँगको भेटवार्ता उपलब्धिमूलक भएको बताए ।
‘द्विपक्षीय सहयोगको समीक्षाका साथै आपसी हितका विविध विषयमा छलफल भए । हामी नेपालसँगको सम्बन्धलाई अझ सुदृढ एवं सुमधुर बनाउन प्रतिबद्ध छौं’, समकक्षी भरतराज पौड्यालसँगको भेटवार्ता, द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय बैठक र मन्त्री ज्ञवालीसँगको भेटको सार सुनाउँदै उनले भने ।
भारत र नेपालका राजनीतिक नेतृत्वको चाहनाबमोजिम द्विपक्षीय सहयोग एवं साझेदारीलाई अझ घनीभूत तुल्याउन आपसी लाभका परियोजना बढाउने सहमति सचिवस्तरीय बैठकमा भएको जानकारी दिँदै उनले बैठक फलदायी र छलफल सार्थक रहेको टिप्पणी गरे ।
बैठकमा आफूहरूले विस्तृत र बहुआयामिक प्रकृतिका धेरै विषयमा विचारविमर्श गरेको तथा पारस्परिक हितका सहयोगका केही परियोजनालाई द्रुत गतिमा कार्यान्वयन गर्न सहमति जनाएको सचिव शृंगलाले बताए ।
‘दुवै पक्षले धैरै द्विपक्षीय प्रयास र परियोजनामा भएका प्रगतिको सराहना ग¥यौँ, आपसी सहकार्यलाई अझ सशक्त रुपमा अघि बढाउन थप प्रयत्न गर्ने सहमति पनि भएको छ’, उनले भने ।
कोभिड–१९ विरुद्धका लडाइँमा नेपाललाई सघाउने प्रतिबद्धता दोहो¥याउँदै उनले भारतमा उत्पादन हुने खोप बजारमा आउनेबित्तिकै नेपालसहित छिमेकीलाई प्राथमिकता साथ उपलब्ध गराइने आश्वासन दए । कोरोना भाइरसको महामारीबाट पारपाउन द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चमा आपसी सहकार्य र साझेदारी अपरिहार्य भएको उनको कथन थियो ।

कोभिड–१९ का कारण बन्दाबन्दी लागू गरिँदा पनि द्विपक्षीय व्यापारका साथै अत्यावश्यक सामग्रीको ढुवानी तथा आपूर्ति निर्वाध रुपमा गरिएको बताउँदै विदेश सचिव शृंगलाले द्विदेशीय सम्बन्धलाई थप गतिशील तुल्याउन सम्बद्ध नेपाली अधिकारीसँग निकट सम्पर्कमा रहेर काम गर्न आफू तत्पर रहेको स्पष्ट गरे ।
मन्त्री ज्ञवालीले सचिव शृंगलाको भ्रमणबाट नेपाल–भारत सम्बन्धलाई अझ मजबुत तुल्याउन उपयोगी भएको बताउँदै दुई देशबीच समाधान गर्न बाँकी विषयलाई सम्बोधन गर्न तथा विश्वासको वातावरण बनाउन आधारशिला तयार पारेको विचार व्यक्त गरे ।
कोभिड–१९ बाट प्रभावित भारतले अहिलेको कठिन परिस्थितिमा पनि उदारतापूर्वक रेम्डिसिभिर इन्जेक्सन उपलब्ध गराएकामा भारत सरकारप्रति हार्दिक आभार व्यक्त गर्दै मन्त्री ज्ञवालीले प्राप्त स्वास्थ्य सामग्री अमूल्य जीवन जोगाउन सहयोगी हुने बताए ।

प्रतिनिधिमण्डलस्तरीय बैठकमा नेपाल–भारत बहुआयमिक सम्बन्धका समग्र पक्षमा गहन छलफल हुनुका साथै राजनीतिक सम्बन्ध, सिमाना र सुरक्षा, आर्थिक सहयोग एवं पूर्वाधार, व्यापार–वाणिज्य, पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति र शिक्षा, प्रबुद्ध व्यक्ति समूह (इपिजी) प्रतिवेदनलगायत विषयमा छलफल भएको थियो ।
नेपालले सिमाना समस्याका विषयले द्विपक्षीय विकासका परियोजना प्रभावित हुन नहुनेमा जोड दिँदै सूचना तथा सञ्चार प्रविधि, अन्तरदेशीय सम्पर्क सञ्जाल तथा एकीकृत जाँच चौकी निर्माणलगायत आर्थिक–सामाजिक रुपान्तरणमा योगदान गर्ने भौतिक पूर्वाधार विकासमा केन्द्रित रहेर आफूलाई बैठकमा प्रस्तुत गरेको थियो ।
भैरहवामा पनि एकीकृत जाँच चौकी निर्माणमा सघाउन भारतसमक्ष नेपालले आग्रह गरेको थियो । नेपालको उक्त आग्रहको भारतीय पक्षले सकारात्मक जवाफ दिएको बैठकमा सहभागी एक भारतीय अधिकारीले बताए ।

अध्यागमन र भन्सारसम्बन्धी सबै प्रक्रिया एउटै छानामुनि पूरा गर्दै मालवाहक सवारी साधनलाई सहजतापूर्वक गन्तव्यतर्फ पुग्ने वातावरण बनाएर द्विदेशीय व्यापारलाई झन्झटरहित बनाउन नेपाल–भारत सीमा क्षेत्रमा भारतले एकीकृत जाँच चौकी निर्माण गरिरहेको छ ।
वीरगञ्ज–रक्सोल र विराटनगर–जोगवनी नाकामा ती पूर्वाधार निर्माणपछि सञ्चालनमा आइसकेका छन् भने नेपालगञ्ज–रुपेडियामा पनि गत बिहीबारदेखि आइसिटी निर्माण थालिएको छ ।
लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको आफ्नो भूभागलाई समेटेर नेपालले राजनीतिक एवं प्रशासनिक नक्शा प्रकाशन गरेपछि केही चिसिएको नेपाल–भारत सम्बन्ध भारतका विदेश सचिवको यो भ्रमणबाट पुनः पुरानै लयमा फर्किने संकेत देखिएको छ ।
सचिवस्तरीय बैठकपछि सञ्चारकर्मीमाझ नेपाली भाषामै बोलेर भारतका विदेश सचिवले चिसिएको सम्बन्धलाई नयाँ शिराबाट पुनः स्थापना गरेर अघि बढ्न नयाँदिल्ली तयार रहेको सन्देश दिएका छन् ।

भारतीय विदेश सचिवले भेटे प्रधानमन्त्री

नेपाल भ्रमणका रहेका भारतीय विदेश सचिव हर्षवद्र्धन शृंगलाले प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ शृंगलाले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् । शृंगलाले बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेट गरेका छन् । यसअघि उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेट गरेका थिए ।
बिहीबार बिहान चार्टर्ड जहाजमा काठमाडौं आएका शृंगलाले राजनीतिक भेटवार्ता सुरु गर्नुअघि परराष्ट्र सचिव भरतराज पौडेल नेतृत्वको टोलीसँग बैठक गरेका थिए ।
उक्त बैठकमा दुई पक्षीय सहयोग र सहकार्यका धेरै विषयमा निकै फलदायी र उपयोगी छलफल भएको शृंगलाले बताए ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

भारतीय कम्पनीले उत्पादन गर्ने कोरोना खोपलाई नेपालको अनुमति

नेकपामा गाईजात्रा : ओली र प्रचण्ड–नेपाल समूहद्वारा निर्वाचन आयोगलाई पार्टी विभाजन नभएको खबर

चार पूर्वन्यायमूर्तिको एउटै बोली : संसद् विघटन गरेर असंवैधानिक काम गरे ओली

जहाँबाट कोरोना आयो, त्यहाँ जान रोक

मन्त्रिपरिषद् विस्तारमा सरकारलाई सर्वोच्चको कारण देखाऊ आदेश

सर्वोच्च पुग्यो मन्त्रिपरिषद् विस्तारको लफडा

हालसम्मकै धेरै कित्ता आईपीओ बिक्री गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पायो अनुमति, सबै आवेदकले शेयर पाउने

नेकपाको घरझगडा प्रदेशस्तरमै पुग्यो, नेपाली कांग्रेसलाई चुनाव भए बोनस, नभए सत्ता

प्रधानमन्त्री ओलीले गरे मन्त्रिमण्डल फेरबदल, पूर्वमाओवादीलाई चिठ्ठा

प्रचण्डलाई ओली समूहको कारबाही, नेकपामा ओली मात्रै अध्यक्ष

बेलायतमा नयाँ कोरोना भाइरसको त्रास, नेपाल प्रवेश रोक

नेकपामा रमिता, ओली–प्रचण्डबीच एकअर्कालाई कारबाही

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

सेल्फि खिच्दा ज्यानै गुम्यो

डिभीको नतिजा सार्वजनिक (नतिजा हेर्ने साइट र तरिकासहित)

कार्संग तामाङको मौलिक भाका ‘सिन्धु मेलम्ची हाम्रो गाउँ’

  • rg

PMC TV NEPAL