Exclusive News Monday, 23 Nov, 2020
Prestige Media

कांग्रेस सांसद पाण्डेले लिए शपथ

नेपाली कांग्रेसका नेता मोहनप्रसाद पाण्डेले संघीय संसद् प्रतिनिधिसभा सदस्यका रुपमा पद तथा गोपनीयताको शपथ लिएका छन् । समानुपातिक निर्वाचन पद्धतिबाट प्रतिनिधिसभा सदस्य चयन भएसँगै पाण्डेले सोमबार दिउँसो सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा सपथ ग्रहण गरेका हुन् ।
पाण्डेलाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सपथ गराएका हुन् ।
प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएपछि रिक्त पदमा कांग्रेसले स्याङ्जाका पाण्डेलाई चयन गरेको हो । कांग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा केसीपछि खस आर्यतर्फको कोटामा पाण्डेको नाम समावेश थियो ।
प्रतिनिधिसभा सदस्यको रुपमा सपथ ग्रहण गरेपछि पत्रकारहरूसँग कुरा गर्दै सांसद पाण्डेले संघीय संसद्को गरिमा उचो बनाउन आफ्नो भूमिका रहने बताए । पछिल्लो समय प्रतिपक्षप्रति जनताको बीचमा विकास भएको धारणालाई चिर्न थप सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धतासमेत पाण्डेले व्यक्त गरे ।
०३७ मा नेपाल विद्यार्थी संघमा आबद्ध भई पाण्डेले राजनीतिक यात्रा सुरु गरेका थिए । ०४३ मा नेपाल विद्यार्थी संघ त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको सभापति, २०४८ मा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य भएर काम गरेका थिए ।
पार्टीको जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य हुँदै पार्टीमा सक्रिय भूमिकामा रहेका पाण्डे ०६४ को निर्वाचनमा स्याङ्जा क्षेत्र नं. ३ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

आशा जगाउने गरी बजेट ल्याइने प्रधानमन्त्री प्रचण्डको दाबी

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे कांग्रेस सभापति देउवा

कालोसूचीमा परे १९ ठेकेदार कम्पनी

उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता हुँदै

नेपालको विद्युत् पूर्वाधारमा थप लगानी गर्न एसियाली पूर्वाधार लगानी बैंक तयार

राष्ट्र बैंकको सम्पत्ति साढे १८ खर्ब पुग्यो

उच्च रक्तचाप र मधुमेहका बिरामीलाई टोखा नगरपालिकाको ५ हजार आर्थिक सहयोग

सशस्त्रको एक पल्टुनको एक फौज २४सै घन्टा सीमा गस्तीमा

सम्पर्कविहीन २३ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

नेप्सेमा साढे १५ अर्ब बढीको बोनस सेयर सूचीकृत

नेपालकी संगीता पुरी युनिभर्सल वुमन २०२४ को निर्णायक छानिइन्

एसियाली पूर्वाधार बैंकलाई सहुलियत दरको ऋण उपलब्ध गराउन प्रधानमन्त्री प्रचण्डको आग्रह

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL