Breaking News Monday, 23 Nov, 2020
Prestige Media

ओली–देउवा भेटबारे बोल्यो कांग्रेस प्रधानमन्त्रीले सत्ताको अफर गरेका होइनन्

गत शनिबार बालुवाटारमा प्रधानमन्त्री केपी ओलीले प्रतिपक्षी नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग सत्ता समीकरणको प्रसंग कोट्याएको सार्वजनिक भएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले त्यसको खण्डन गरेका छन् । नेकपाभित्रको किचलोले वाक्क भएका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले देउवासँग सत्ता समीकरणको बोली मिलाएको राजनीतिक वृत्तमा चर्चा चल्दै आएको छ ।
प्रधानमन्त्री ओलीले सभापति शेरबहादुर देउवासँग गरेको भेटवार्तालाई सत्ता साझेदारीसँग नजोड्न प्रवक्ता शर्माले आग्रह गरेका छन् । प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताबीच भेटघाट र संवाद हुनु सकारात्मक भएकाले सत्ता साझेदारीसँग जोड्न नहुने शर्माको तर्क छ ।
शनिबार प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा घटौं भेटवार्ता भएको थियो ।
कांग्रेस प्रवक्ता शर्माले संसदीय प्रणालीमा प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताको बीचमा हुने भेटघाटका निश्चित विषयवस्तु र कार्यसूची हुनैपर्छ भन्ने नभएको बताए ।
‘सामान्यतया संसदीय प्रणालीमा प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताबीचमा भेटघाट हुनका लागि यो विषयवस्तु र त्यो विषयवस्तु भनेर सूचीका साथ हुनुपर्छ भन्ने कुरा उचितजस्तो लाग्दैन । लोकतान्त्रिक व्यवस्थालाई सबल बनाउने हो भने निरन्तर भेटघाट र संवाद हुनु राम्रो कुरा हो,’ उनले भने ।
प्रधानमन्त्रीले सत्तामा सहभागी गराउन कांग्रेसलाई ‘अफर’ गरेको हो कि भन्ने आशंका नगर्न पनि उनले आग्रह गरे ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

भारतीय कम्पनीले उत्पादन गर्ने कोरोना खोपलाई नेपालको अनुमति

नेकपामा गाईजात्रा : ओली र प्रचण्ड–नेपाल समूहद्वारा निर्वाचन आयोगलाई पार्टी विभाजन नभएको खबर

चार पूर्वन्यायमूर्तिको एउटै बोली : संसद् विघटन गरेर असंवैधानिक काम गरे ओली

जहाँबाट कोरोना आयो, त्यहाँ जान रोक

मन्त्रिपरिषद् विस्तारमा सरकारलाई सर्वोच्चको कारण देखाऊ आदेश

सर्वोच्च पुग्यो मन्त्रिपरिषद् विस्तारको लफडा

हालसम्मकै धेरै कित्ता आईपीओ बिक्री गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पायो अनुमति, सबै आवेदकले शेयर पाउने

नेकपाको घरझगडा प्रदेशस्तरमै पुग्यो, नेपाली कांग्रेसलाई चुनाव भए बोनस, नभए सत्ता

प्रधानमन्त्री ओलीले गरे मन्त्रिमण्डल फेरबदल, पूर्वमाओवादीलाई चिठ्ठा

प्रचण्डलाई ओली समूहको कारबाही, नेकपामा ओली मात्रै अध्यक्ष

बेलायतमा नयाँ कोरोना भाइरसको त्रास, नेपाल प्रवेश रोक

नेकपामा रमिता, ओली–प्रचण्डबीच एकअर्कालाई कारबाही

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

सेल्फि खिच्दा ज्यानै गुम्यो

डिभीको नतिजा सार्वजनिक (नतिजा हेर्ने साइट र तरिकासहित)

कार्संग तामाङको मौलिक भाका ‘सिन्धु मेलम्ची हाम्रो गाउँ’

  • rg

PMC TV NEPAL