Exclusive News Saturday, 17 Oct, 2020
Prestige Media

सुरु भयो बडादसैं

गोकुल अर्याल
हिन्दु धर्मावलम्बीको ठूलो चाड बडादसैं सुरु भएको छ । दसैंको पहिलो दिन आइतबार घरघरमा घटस्थापना गरिएको छ । घटस्थापनाको उत्तम साइत बिहान ११ः४६ मा रहेको पञ्चांग निर्णायक समितिले जनाएको छ ।
घटस्थापना गर्दा पूजाकोठा वा दसैं घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।
नवरात्रको पहिलो दिन आइतबार बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैंघरमा जौ रोपिन्छ । जौको पहेंलो अंकुरण अर्थात् जमरा दुर्गा देवीको प्रिय वस्तु भएकाले त्यसलाई विजयादशमीको दिन टीका प्रसादसितै ग्रहण गरिन्छ । पहेंलो जमरालाई समृद्धिको प्रतीक पनि मानिन्छ ।
कुल परम्परानुसार कसैले जमरा राख्दा जौसँगै अन्य अन्न पनि रोप्ने गरेका छन् । तर, जमरा राख्ने कार्यमा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतम बताउँछन् ।
आइतबार दिनभर चित्रा नक्षत्र परेकाले शास्त्रीय वचनअनुसार मध्याह्नकालमा अभिजित् मुहूर्तको साइत घटस्थापनाका लागि दिइएको अध्यक्ष गौतमले बताए । सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यतानुसार नै समितिले आइतबारलाई घटस्थापना भनी निर्णय गरेको पनि उनले जानकारी दिए ।
घटस्थापनाको दिनदेखि नवरात्र सुरु हुन्छ । नवरात्रभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ । महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा पूजाराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।
नवरात्रको पहिलो दिन दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघन्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गरिन्छ । दुर्गाका यी नौ रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।
कात्तिक १० मा देवी विसर्जनको साइत बिहान १०ः११ बजे रहेको र टीका प्रसाद ग्रहणका लागि साइत खोज्नेका लागि भने १०ः१९ बजेको साइत उत्तम रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

जसपाको संघीय परिषद् अध्यक्षमा भट्टराई

कर्णाली प्रदेशको विवाद प्रधानमन्त्री र दाहाल सचिवालयका फरक–फरक प्रेस नोट

मणिकुमारलाई बेलायती राजपरिवारको प्रतिनिधि बन्ने ऐतिहासिक अवसर

प्रधानमन्त्रीसहित मन्त्रीको दसैं दक्षिणा कोरोना कोषलाई

यो वर्ष राष्ट्रपतिदेखि पूर्वराजासम्मले दसैं टीका नलगाइदिने

कोरोना संक्रमितलाई ५० प्रतिशत शैया छुट्याउन स्वास्थ्य मन्त्रालयको निर्देशन

ओली सरकारलाई कांग्रेस सभापति देउवाको चेतावनी

गरिबी अन्त्यका लागि पहल भइरहेको छ– प्रधानमन्त्री ओली

कोरोना संक्रमितलाई लोकसेवाको परीक्षा दिने व्यवस्था मिलाउन सर्वोच्चको आदेश

पछिल्लो २० वर्षमा मानव अधिकार उल्लंघन गर्ने २ सय ८६ को नाम सार्वजनिक

नवनियुक्त मन्त्रीहरूले लिए सपथ

राष्ट्रसंघको मानव अधिकार परिषद्मा नेपाल पुनः निर्वाचित

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

सेल्फि खिच्दा ज्यानै गुम्यो

डिभीको नतिजा सार्वजनिक (नतिजा हेर्ने साइट र तरिकासहित)

कार्संग तामाङको मौलिक भाका ‘सिन्धु मेलम्ची हाम्रो गाउँ’

  • rg

PMC TV NEPAL