Exclusive News Saturday, 17 Oct, 2020
Prestige Media

ओली सरकारलाई कांग्रेस सभापति देउवाको चेतावनी

गोकुल अर्याल
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर नभएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि गम्भीर नभएकाले दसैं लगत्तै विरोधका कार्यक्रम घोषणा गरी आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
कांग्रेसले गठन गरेको कोभिड– १९ सम्बन्धी अनुगमन समितिले तयार पारेको प्रतिवेदन बुझेपछि सभापति देउवाले दसैंलगत्तै संसदभित्र र बाहिर देशैभर सशक्त विरोध कार्यक्रम गरिने जानकारी दिए ।
कोभिड– १९ संक्रमणबाट जनताको जीवन बचाउन सरकार जिम्मेवार नबन्दा संक्रमण महामारीको रुपमा फैलिएको उनको दाबी छ । सरकार संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कामभन्दा पनि भ्रष्टाचार गर्नमा तल्लिन रहेको सभापति देउवाको आरोप छ ।
‘औषधी व्यवस्था, क्वारेन्टाइन, आइसोलेसन, अक्सिजन, भेन्टिलेटरलगायत व्यवस्था गरी उपचार गर्नु सरकारको कर्तव्य भए पनि कुनै काम जिम्मेवारीपूर्वक गरेको देखिएन’, देउवाले भने ।
कांग्रेस सहमहामन्त्री एवं कोभिड–१९ अनुगमन समितिका संयोजक प्रकाशशरण महतले सरकार नागरिकको स्वास्थ्य सुरक्षा र दैनिक जीवनमा परेको आर्थिक, सामाजिक कठिनाइप्रति संवेदनशील नभएको बताए ।

उनले सरकारलाई जिम्मेवार बनेर काम गर्न सुझाव दिए । कोभिड–१९ का कारण नागरिक समस्यामा परेको भन्दै उद्धार र राहतको समुचित व्यवस्था गर्न र देशको अर्थतन्त्रलाई बचाउनुपर्नेमा उनको जोड छ ।
कांग्रेसद्वारा गठित अनुगमन समितिले विभिन्न क्षेत्रका व्यक्ति विज्ञ र कोभिड–१९ रोकथाम तथा नियत्रणमा खटिएका व्यक्तिसँग समन्वय गरी अनुगमन गरेको थियो । समितिले कोभिड–१९ संक्रमण समुदाय स्तरमा फैलिँदासमेत सरकार गम्भीर नबनेको निष्कर्ष निकालेको छ ।
कांग्रेसले कोरोना संक्रमण रोकथाम तथा नियान्त्रणमा सरकारका १० कमजोरी औँल्याएको छ ।
क्वारेन्टाइन र आइसोलेसनको व्यवस्थापन, पीसीआर परीक्षण, कन्ट्याक्ट ट्रेसिङ र बिरामीको उपचारलगायत कोरोना महामारी नियन्त्रण र रोकथामका सबैजसो काममा सरकार असफल भएको प्रतिवेदन कांग्रेसको कोभिड–१९ अनुगमन समितिले सभापति शेरबहादुर देउवालाई बुझाएको छ ।
कोरोना संक्रमितको जीवन बचाउने औषधीको समेत खुलेआम कालोबजारी भइरहेको आरोप कांग्रेसले लगाएको छ ।

कांग्रेसले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘नेकपा सरकारले आम जनताका पीडा कम गर्ने प्रयत्न नगरेको मात्र होइन, गरैजिम्मेवार, भ्रष्ट र अधिनायकवादी चरित्र प्रदर्शन गरेर परिस्थितिलाई थप जोखिमपूर्ण र भयावह बनाएको छ । जनताको जीवन र जीविकोपार्जन दुवैलाई सघाउन वर्तमान सरकार पूर्णतः अक्षम सावित भएको छ ।’
चार महिना लामो लकडाउन र थप एक महिना लामो निषेधाज्ञालाई सरकारले कोरोना संक्रमण नियन्त्रण, स्वास्थ्य पूर्वाधार निर्माण, क्वारेन्टिन र आइसोलेसनको समुचित व्यवस्था, अत्यावश्यकीय उपकरण र औषधि खरीद गर्नमा सदुपयोग गर्ने असल मनसाय नै नराखेको कांग्रेसको आरोप छ ।
प्रेस नोटमा भनिएको छ, ‘अहिले आईसीयू बेड, भेन्टिलेटर र रेमडेसिभिरजस्ता औषधी अपर्याप्त भएको गुनासो सरकारले नै गर्न थालेको छ । एकातर्पm, लकडाउनको अवधिमा आईसीयू बेडको संख्या ९ सयबाट २ हजार ६ सय र भेन्टिलेटरको संख्या ८० बाट १ हजार पु¥याएको दाबी गर्ने र अर्कोतर्फ आईसीयूमा २ सय र भेन्टिलेटरमा ५० बिरामी भर्ना हुँदैमा यी दुवैको अभाव भएको घोषणा गर्ने सरकारी रवैया जनतालाई झुक्याउन मात्र भएको देखिन्छ ।’

महामारीबाट प्रभावित भएको शैक्षिक क्षेत्रलाई मार्गनिर्देशन गर्न पनि सरकार चुकेको आरोप कांग्रेसले लगाएको छ । कांग्रेसले कोरोना रोकथामका लागि सरकारलाई ८ बुँदे सुझाव पनि दिएको छ ।
कोरोना संक्रमणको भयावह स्थितिलाई गम्भीरताका साथ लिंदै संक्रमणको जोखिमलाई व्यवस्थापन गर्न क्वारेन्टाइन, आइसोलेसन, अक्सिजन, भेन्टिलेटर, यथेष्ट संख्यामा अस्पताल बेड, अत्यावश्यकीय औषधिहरुको कालोबजारी रोक्न र आपूर्ति सहज गर्न तथा स्वास्थ्य सुरक्षाका उपकरण र आवश्यक स्वास्थ्यकर्मीको अविलम्ब व्यवस्था गर्न कांग्रेसले सरकारसँग माग गरेको छ ।
नजिकै आउँदै गरेका दसैंलगायत विभिन्न चाडपर्वको बेला काठमाडौंलगायत सहरबाट ठूलो संख्यामा मानिस आ–आप्mनो घरगाउँ फर्कने भएकोले गाउँ बस्तीमा संक्रमणलाई फैलन नदिन एसएमएस (भौतिक दूरी, मास्क र स्यानिटाइजर) विधिको पालना गराउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न कांग्रेसले आग्रह गरेको छ ।
त्यस्तै, यात्रा गर्दा यातायातका साधनहरुमा स्वास्थ्य सुरक्षाको उचित प्रबन्ध मिलाउनुका साथै त्यसको अनुगमनको व्यवस्था मिलाउन कांग्रेसले सरकारलाई भनेको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

जसपाको संघीय परिषद् अध्यक्षमा भट्टराई

कर्णाली प्रदेशको विवाद प्रधानमन्त्री र दाहाल सचिवालयका फरक–फरक प्रेस नोट

मणिकुमारलाई बेलायती राजपरिवारको प्रतिनिधि बन्ने ऐतिहासिक अवसर

प्रधानमन्त्रीसहित मन्त्रीको दसैं दक्षिणा कोरोना कोषलाई

यो वर्ष राष्ट्रपतिदेखि पूर्वराजासम्मले दसैं टीका नलगाइदिने

कोरोना संक्रमितलाई ५० प्रतिशत शैया छुट्याउन स्वास्थ्य मन्त्रालयको निर्देशन

गरिबी अन्त्यका लागि पहल भइरहेको छ– प्रधानमन्त्री ओली

सुरु भयो बडादसैं

कोरोना संक्रमितलाई लोकसेवाको परीक्षा दिने व्यवस्था मिलाउन सर्वोच्चको आदेश

पछिल्लो २० वर्षमा मानव अधिकार उल्लंघन गर्ने २ सय ८६ को नाम सार्वजनिक

नवनियुक्त मन्त्रीहरूले लिए सपथ

राष्ट्रसंघको मानव अधिकार परिषद्मा नेपाल पुनः निर्वाचित

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

सेल्फि खिच्दा ज्यानै गुम्यो

डिभीको नतिजा सार्वजनिक (नतिजा हेर्ने साइट र तरिकासहित)

कार्संग तामाङको मौलिक भाका ‘सिन्धु मेलम्ची हाम्रो गाउँ’

  • rg

PMC TV NEPAL