Breaking News Thursday, 15 Oct, 2020
Prestige Media

पछिल्लो २० वर्षमा मानव अधिकार उल्लंघन गर्ने २ सय ८६ को नाम सार्वजनिक

राष्ट्रिय मानव अधिकार आयोगले पछिल्लो २० वर्षमा मानव अधिकार उल्लंघन गर्ने २ सय ८६ जनाको नाम सार्वजनिक गरेको छ ।
आयोगले २० वर्षमा ११ सय ५५ वटा मानव अधिकार उल्लंघनका घटनामा कारबाहीका लागि सिफारिस गरेका २ सय ८६ जनाको विवरण सार्वजनिक गरेको हो ।
यसरी मानव अधिकार उल्लंघन गर्नेमध्ये नेपाल सरकारका पूर्वसचिवसहित १६ निजामती कर्मचारी, पूर्वआईजीपी कुवेरसिंह राणासहित ९८ प्रहरी, ८ सशस्त्र प्रहरी, ८५ सेना, ६५ माओवादी नेता तथा कार्यकर्ता, ४ शिक्षक, २ डाक्टर, ७ कैदी र १ मानव अधिकारकर्मी रहेका छन् ।
यीमध्ये ३० जनालाई कारबाही भए पनि २ सय ५६ जनालाई कारबाही नभएको आयोगले जनाएको छ ।
आयोगले बिहीबार प्रकाशन गरेको प्रतिवेदनअनुसार सशस्त्र द्वन्द्वसँग सम्बन्धित ९ सय ४० र अन्य २ सय ५५ वटा सिफारिस रहेका छन् ।
आयोगका १ सय ६३ वटा पूर्ण कार्यान्वयन भएका, ४ सय ४५ वटा आंशिक कार्यान्वयन भएका र ५ सय ८७ सिफारिस अझै कार्यान्वयन भएका छैनन् । आयोगका सिफारिस कार्यान्वयनका लागि नेपाल सरकार, सर्वोच्च अदालत, संसदीय समिति, नागरिक समाज र संयुक्त राष्ट्रसंघीय कार्यक्रमलगायतबाट प्रयास हुँदा पनि सन्तोषजनक नभएको आयोगले जनाएको छ ।
पीडितको जीवन स्वतन्त्रता, समानता र मर्यादाको विषयलाई आर्थिक लेनदेनमार्फत टुंग्याउँदा दण्डहीनता बढेको प्रतिवेदनमा उल्लेख छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

जसपाको संघीय परिषद् अध्यक्षमा भट्टराई

कोरोना उपचारमा शुल्क, संघविरुद्ध उभिए प्रदेश सरकार

मणिकुमारलाई बेलायती राजपरिवारको प्रतिनिधि बन्ने ऐतिहासिक अवसर

प्रधानमन्त्रीसहित मन्त्रीको दसैं दक्षिणा कोरोना कोषलाई

यो वर्ष राष्ट्रपतिदेखि पूर्वराजासम्मले दसैं टीका नलगाइदिने

कोरोना संक्रमितलाई ५० प्रतिशत शैया छुट्याउन स्वास्थ्य मन्त्रालयको निर्देशन

कोरोना संक्रमितलाई लोकसेवाको परीक्षा दिने व्यवस्था मिलाउन सर्वोच्चको आदेश

नवनियुक्त मन्त्रीहरूले लिए सपथ

राष्ट्रसंघको मानव अधिकार परिषद्मा नेपाल पुनः निर्वाचित

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् हेरफेर, पोखरेललाई रक्षामन्त्रीबाट गलहत्याइयो

४०० केभी क्षमताको तामाकोसी–काठमाडौं प्रसारण लाइन निर्माण प्रक्रिया सुरु

सर्वोच्च अदालतले भन्यो– निजी प्रयोगशालामा पनि पीसीआर परीक्षण निःशुल्क बनाऊ

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

सेल्फि खिच्दा ज्यानै गुम्यो

डिभीको नतिजा सार्वजनिक (नतिजा हेर्ने साइट र तरिकासहित)

कार्संग तामाङको मौलिक भाका ‘सिन्धु मेलम्ची हाम्रो गाउँ’

  • rg

PMC TV NEPAL