Breaking News Wednesday, 14 Oct, 2020
Prestige Media

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् हेरफेर, पोखरेललाई रक्षामन्त्रीबाट गलहत्याइयो

प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल विस्तार गरेका छन् । ओलीले अर्थमन्त्रीमा विष्णु पौडेल, महिला बालबालिकामन्त्रीमा लीलानाथ श्रेष्ठ र सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठलाई जिम्मेवारी दिएका छन् । यी तीनै ओली निकटका हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्रिपरिषद्मा नयाँ नियुक्ति, हेरफेर र कार्य विभाजन गरेको उल्लेख छ ।
प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल विस्तारका क्रममा केही मन्त्रीहरुको जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
यसअघिका अर्थमन्त्री युवराज खतिवडाले ६ महिनाभित्र संसद् सदस्य बन्न नसकेपछि राजीनामा दिएका थिए । उनको ठाउँमा पार्टी उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभाको सांसद बनेका छन् । ओलीका विश्वासपात्र खतिवडालाई सांसद कायम राख्न नसकेपछि ओलीले मन्त्री सरहको सुविधा दिने गरी प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त गरेका थिए ।
लगत्तै ओलीले डा. खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरेपछि अर्थमन्त्रीमा पौडेलसहित सुरेन्द्र पाण्डेको पनि नाम चर्चामा थियो ।
अन्ततः ओलीले सबैभन्दा विश्वासपात्र राजनीतिक सारथि पार्टी महासचिव पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका छन् । पौडेलले यसअघिको सरकारमा पनि अर्थ मन्त्रालय सम्हालेका थिए ।
मन्त्रिपरिषद् विस्तारका क्रममा ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर रक्षा मन्त्रालय आफू मातहत राखेका छन्
। पोखरेललाई उपप्रधानमन्त्रीमा यथावत राख्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ । पछिल्लो समय पोखरेलको सेनासँग सम्बन्ध राम्रो नभएको चर्चा चलिरहेकै समय उनको जिम्माको रक्षा मन्त्रालय खोसिएको हो ।
यस्तै, यसअघिका महिला, बालबालिकामन्त्री रहेका पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनले सम्हालेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मा लीलानाथ श्रेष्ठलाई पाएका छन् ।
सहरी विकासको जिम्मा कृष्णगोपाल श्रेष्ठलाई दिइएको छ । यो मन्त्रालय भौतिक पर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सम्हालेका थिए । पार्टीभित्र मन्त्रिमण्डल पुनर्गठन गर्ने चर्चा चलिरहँदा अर्का अध्यक्ष पुष्पकमल दाहालले ओलीले अहिले मन्त्री भएका सबैलाई फिर्ता बोलाएर नयाँ ढंगबाट मन्त्रिमण्डल विस्तार गर्ने धारणा राखेका थिए । तर, ओलीले त्यसको नगरी केहीको मात्र जिम्मेवारी हेरफेर तथा केही नयाँ थप्ने अडान राखका थिए ।
अन्नतः ओली आफूले भनेअनुरुप नै मन्त्रिमण्डल विस्तार गर्न सफल भएका छन् ।
यसअघि प्रधानमन्त्री ओलीले ०७६ मंसिर ६ मा अर्थतन्त्रसँग प्रत्यक्ष सरोकार राख्ने चार मन्त्रालय उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार, श्रम तथा कृषिमा फेरबदल गरेका थिए ।
तत्कालीन पुनर्गठित मन्त्रिमण्डलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवको ठाउँमा लेखराज भट्ट, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको ठाउँमा वसन्तकुमार नेम्बाङ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको ठाउँमा रामेश्वरराय यादव र कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनालको ठाउँमा घनश्याम भुसाललाई जिम्मेवारी दिइएको थियो ।
त्यतिबेलै प्रधानमन्त्री ओली निकट भएकै कारण व्यवसायी मोती दुगड उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बन्न सफल भएका थिए ।
त्यसअघि १६ साउन ०७६ मा पर्यटन मन्त्रालयको जिम्मेवारी योगेश भट्टराईलाई दिइएको थियो । १५ फागुन ०७५ मा ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि केही समय आफ्नै मातहत राखिएको पर्यटनमा भट्टराईलाई जिम्मेवारी दिइएको थियो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

जसपाको संघीय परिषद् अध्यक्षमा भट्टराई

कोरोना उपचारमा शुल्क, संघविरुद्ध उभिए प्रदेश सरकार

मणिकुमारलाई बेलायती राजपरिवारको प्रतिनिधि बन्ने ऐतिहासिक अवसर

प्रधानमन्त्रीसहित मन्त्रीको दसैं दक्षिणा कोरोना कोषलाई

यो वर्ष राष्ट्रपतिदेखि पूर्वराजासम्मले दसैं टीका नलगाइदिने

कोरोना संक्रमितलाई ५० प्रतिशत शैया छुट्याउन स्वास्थ्य मन्त्रालयको निर्देशन

कोरोना संक्रमितलाई लोकसेवाको परीक्षा दिने व्यवस्था मिलाउन सर्वोच्चको आदेश

पछिल्लो २० वर्षमा मानव अधिकार उल्लंघन गर्ने २ सय ८६ को नाम सार्वजनिक

नवनियुक्त मन्त्रीहरूले लिए सपथ

राष्ट्रसंघको मानव अधिकार परिषद्मा नेपाल पुनः निर्वाचित

४०० केभी क्षमताको तामाकोसी–काठमाडौं प्रसारण लाइन निर्माण प्रक्रिया सुरु

सर्वोच्च अदालतले भन्यो– निजी प्रयोगशालामा पनि पीसीआर परीक्षण निःशुल्क बनाऊ

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

सेल्फि खिच्दा ज्यानै गुम्यो

डिभीको नतिजा सार्वजनिक (नतिजा हेर्ने साइट र तरिकासहित)

कार्संग तामाङको मौलिक भाका ‘सिन्धु मेलम्ची हाम्रो गाउँ’

  • rg

PMC TV NEPAL