खेलकुद Monday, 16 Mar, 2020
Prestige Media

राजर्षि जनक कपको उपाधि पुलिसलाई ।।

नेपाल पुलिस क्लबले सर्लाहीमा सम्पन्न राजर्षि जनक कप फुटबलको उपाधि उचालेको छ । पाहुना टोली कञ्चनजङ्घा फुटबल क्लबलाई २–१ गोलले पराजित गर्दै पुलिस प्रदेश २ कै सर्वाधिक पुरस्कार राशीको चौथौं संस्करणको राजर्षि जनक कप फुटबलको च्याम्पियन बनेको हो । बिजेता पुलिसका लागि खेलको पहिलो मिनेटमै तिर्थ रानाले गोल गर्दै टिमलाई अग्रता दिलाउनु भएको थियो । राम वाजीको क्रस पासमा खेल सुरु हुने बित्तिकै तिर्थले पुलिसको तर्फबाट गोल गर्न सफल हुनु भएको हो । सुरुमै आक्रमक खेल प्रस्तुत गरेको पुलिसले १२ औँ मिनेटमा अग्रता दोब्बर पा¥र्यो । पुलिसका लागि पद्म भट्टराईले प्रहार गरेको फ्रिकिक बललाई कप्तान जुमानु राईले जाली चुमाउनु भयो । खेलको सुरुमै दुई गोल खाएर दबाबमा परेको सिक्किमले १९ औँ मिनेटमा पहिलो गोल फर्कायो । उसका लागि डिबक्स बाहिरबाट अमिर लामाले सुन्दर गोल गर्नुभएको हो । त्यसपछि भने खेलमा दुवै टिमबाट गोल हुन सकेन र पुलिस २–१ ले बिजयी भयो । जितसँगै पुलिसले १० लाख रुपियाँ नगद र राजर्षि जनक कप रनिङ शिल्ड प्राप्त ग¥र्यो । उपबिजेतामा सिमित सिक्किमले भने ५ लाख रुपियाँमा चित्त बुझाएको छ । हिजोको खेलमा कञ्चनजङ्घाका सुब्रोतो सुरेन म्यान अफ दि म्याच बन्दै १० हजार रुपियाँ नगद र ट्राफी प्राप्त गर्नुभएको छ । प्रतियोगितामा आयोजक बाग्मती युवा क्लबका विजय घलान राईजिङ प्लेयर अफ दि सर्लाही अर्थात सर्लाहीको सर्वोत्कृष्ट खेलाडी बन्न सफल हुनु भएको छ । उहाँलाई १५० सीसीको पल्सर मोटरसाइकल प्रदान गरी सम्मान गरिएको छ । यस्तै प्रतियोगितामा सर्लाही नै घर भएका नेपाल पुलिस क्लबका कप्तान जुमानु राई वेष्ट प्लेअर अफ दि सिरिज अर्थात प्रतियोगिताकै उत्कृष्ट खेलाडी बन्दै ५१ हजार रुपियाँ नगद प्राप्त गर्नुभएको छ । यसैगरी प्रतियोगितामा पुलिसका प्रशिक्षक सन्दिप जोशी वेष्ट कोच, पुलिसकै सन्जिव श्रेष्ठ वेष्ट किपर, कञ्चनजङ्घाका निवास लामा वेष्ट डिफेन्स, जावलाखेल यूथ क्लबका रुपबहादुर लामा वेष्ट मिल्डफिल्डर र पुलिसका तिर्थ राना मगर वेष्टस्कोरर बन्नु भएको छ । उहाँहरुलाई जनही २० हजार रुपियाँ नगद र ट्राफी प्रदान गरियो । बाग्मती युवा क्लब र बाग्मती नगरपालिकाको संयुक्त आयोजनामा फागुन २२ गतेदेखि सुरु भएको यस प्रतियोगितामा १२ वटा क्लबले सहभागिता जनाएका थिए । बाग्मती नगरपालिका–११, स्थित स्वर्गिय सन्तोष श्रेष्ठ स्मृति खेल मैदान कर्मैयामा आयोजित यस प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो संस्करण क्रमश ः मनाङ मस्र्याङदी क्लब, सूदूरपश्चिम–११ र थी्रस्टार क्लबले जितेका थिए ।

CIN

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

क्रिकेटका सम्पूर्ण गतिविधि स्थगित ।।

मोरक्कोमा फुटबल सम्बन्धी सम्पूर्ण गतिविधि स्थगित ।।

आहा रारा गोल्डकप फुटबलको सेमिफाईनलमा पुलिस र थ्रीस्टार खेल्दै ।।

च्याम्पियन्स लिग अन्तर्गत पीएसजी र डर्टमण्डबीचको खेल बन्द रंगशालामा ।।

खप्तड गोल्डकप फुटबलको उपाधिका लागि आज थ्री स्टार र सुदूरपश्चिम ११ खेल्दै ।।

सुदुरपश्चिम खप्तड गोल्डकप फुटबलको क्वाटरफाइनलमा आज नव जनजागृति र थ्री स्टार खेल्दै ।।

प्रदेश स्तरीय खुल्ला पुरुष प्रतियोगिताको उपाधि प्रमुख प्रशासकीय अधिकृतको टिमलाई ।।

खप्तड गोल्डकप फुटबलको क्वाटरफाइनलका खेल आजबाट सुरु हुँदै ।।

खप्तड गोल्डकपमा आज एउटा खेल हुँदै ।।

देशलाई समृद्ध बनाउन खेलकुद क्षेत्रले विशिष्ट योगदान गर्न सक्छ – खेलकुदमन्त्री विक ।।

च्याम्पियन्स लिगमा आज राति दुई खेल हुँदै ।।।।

दक्षिण अफ्रिकाविरुद्धको पाँच खेलको टी–ट्वान्टी क्रिकेट सिरिज इंग्ल्यान्डलाई ।।

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

सेल्फि खिच्दा ज्यानै गुम्यो

डिभीको नतिजा सार्वजनिक (नतिजा हेर्ने साइट र तरिकासहित)

कार्संग तामाङको मौलिक भाका ‘सिन्धु मेलम्ची हाम्रो गाउँ’

  • rg

PMC TV NEPAL