आजको पत्रपत्रीकाबाट Tuesday, 3 Mar, 2020
Prestige Media

पाँच सय ४५ जना नेपाली विदेशका जेलमा ।।

बैदेशीक रोजगारीमा गएका मध्ये अहिले पनि पाँच सय ४५ जना नेपाली जेलमा छन् । सरकारले ‘वैदेशिक रोजगारमा गएका नेपाली कामदारको कानुनी प्रतिरक्षासम्बन्धी निर्देशका, २०७५’ जारी गरेको २ वर्ष भयो । त्यसमा कामदारको उद्धारका लागि १५ लाखसम्म उपलब्ध गराइने व्यवस्था छ तर व्यवहारमा छैन । वैदेशिक रोजगार वोर्डले अहिलेसम्म एक जना व्यक्तिको पनि कानुनी प्रतिरक्षा गर्न सकेको छैन । बोर्डले भर्खरै मात्र कानुनी प्रतिरक्षा गर्नका लागि मलेशिया र साउदी अरवका लागि १०÷१० लाख रुपैयाँ परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक नियोगलाई पठाएको बोर्डका सूचना अधिकारी दिनबन्धु सुवेदीले सीआईएनसँग बताउनुभयो । बोर्डको तथ्यांकअनुसार अहिलेसम्म पाँच सय २६ पुरुष र १९ महिला विभिन्न देशका जेलमा छन् । सबैभन्दा बढी मलेसियामा दुई सय पाँच, संयुक्त अरब इमिरेट्समा एक सय ८५ जना छन् । कुवेतमा ५८, कतारमा ३५, साउदी अरब जेद्दामा ३१, रियादमा २३, बहराइनमा पाँच र ओमनमा तीन जना कामदार कारागारमा छन् । बैदेशिक रोजगारविज्ञ डाक्टर गणेश गुरुङ हतारको निर्णयका कारण सरकारले ल्याएको निर्देशिका कार्यान्वयन नभएको बताउनुहुन्छ । बोर्डका अनुसार अहिलेसम्म मृत्युदण्डको सजाय पाएका २५, आजिवन कारावासका ७, २५ र १५ वर्ष सजाय भोगिरहेका २÷२ जना, १५ वर्ष भन्दा कम सजायमा पाँच जना रहेका छन् । १० वर्ष भन्दा कम १९, पाँच वर्ष भन्दा कम एक, एक वर्ष वा त्यसभन्दा कम ४४, तीन महिना भन्दा कम ७५ र सजाय तोकिन बाँकी दुइ सय ९३ र जरिवानी तोकिएका १८ जना विदेशी जेलमा छन् ।

CIN

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

दुई महिनादेखि ८ नेपाली महिला भारतिय प्रहरीको नियन्त्रणमा ।।

खाडाँदेवी गाउँपालिकाको जङ्गलमा चितुवा फेला ।।

भोलिसम्ममा चीनमा रहेका नेपाली विद्यार्थीलाई स्वदेश फर्काउने सरकारको तयारी ।।

विश्व सिमसार दिवसको अवसरमा सातौं चरा महोत्सव ।।

छाउगोठ भत्काउने अभियानमा स्थानीय धामी झाँक्री मूख्य चुनौति ।।

महोत्सवमा धुर्मुस सुन्तली फाण्डेशनको स्टल ।।

पोरखे लेकमा एक युवक मृत भेटिए

बादर आतंक बढ्दै ।।

सेवा लिन एक दिनको पैदल धाउँदै मांशिमाबासी ।।

आफ्नै ठाउँमा ड्राइभिङ सेन्टर खुलेपछि स्थानीयलाई सजिलो ।।

सुत्केरीलाई वडा कार्यालयबाटै पोषणयुक्त खानेकुरा खान भत्ता ।।

च्यातिएका कपडा लगाउनु अशुभ

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

सेल्फि खिच्दा ज्यानै गुम्यो

डिभीको नतिजा सार्वजनिक (नतिजा हेर्ने साइट र तरिकासहित)

कार्संग तामाङको मौलिक भाका ‘सिन्धु मेलम्ची हाम्रो गाउँ’

  • rg

PMC TV NEPAL