
दुई महिनादेखि ८ नेपाली महिला भारतिय प्रहरीको नियन्त्रणमा ।।
भारतको मणिपुरमा ८ नेपाली महिला दुई महिनादेखि प्रहरी नियन्त्रणमा रहेको खुलेको छ । बिदेश लैजाने भन्दै प्रलोभनमा पारेर झापाका ३ जना सहित ८ जना नेपाली महिलालाई भारतको बाटो हुँदै बैदेशिक रोजगारीमा लाने क्रममा भारतको मणिपुर प्रहरीले नियन्त्रणमा लिएको हो । मणिपुर प्रहरीले अवैध कारोबार गरेको आरोपमा ती महिलाहरूलाई नियन्त्रणमा लिएर भारतिय कानून अनुसार आईपीसी ३४ अन्र्तगत अदालती प्रत्रिया शुरु गरेको प्रहरी नियन्त्रणमा रहेका झापा सुरुङ्गाका महिलाका श्रीमान जीतबहादुर माझीले रेडियो साथीलाई बताउनुभयो । माझीका अनुसार उहाँका श्रीमती घरबाट हिडेको ४ महिना भइसकेको छ । केही दिन अघि मात्रै मणिपुरमा प्रहरीले पक्राउ गरेको सूचना पाएपछि आफ्नी श्रीमती खोज्दै मणिपुर पुगेको र भारतिय प्रहरीले नेपाल सरकारको प्रक्रिया मार्फत् आउनुपर्ने भन्दै आफूलाई फर्काइदिएको माझीले बताउनुभयो । पक्राउ पर्नेमा ४ जना झापा, २ जना सुनसरी, मोरङका एक र रुपन्देहीका एकजना रहेका मणिपुर पुगेर फर्किएका जीत बहादुरले बताउनुभयो । भारतिय पक्षसँगको सहकार्य र नेपालको गृह मन्त्रालय मार्फत् समन्वय गरी नेपाली महिलालाई नेपाल फर्काउने प्रक्रिया अगाडी बढाउने इलाका प्रहरी कार्यालय काकारभिट्टाका प्रहरी नायब उपरिक्षक राजेन्द्र पोखरेलले बताउनुभयो ।
CIN