आजको पत्रपत्रीकाबाट Monday, 3 Feb, 2020
Prestige Media

विश्व सिमसार दिवसको अवसरमा सातौं चरा महोत्सव ।।

सिमसार क्षेत्रमा सूचिकृत जगदीशपुर तालमा २४ औं चरा महोत्सव मनाइएको छ । विश्व सिमसार दिवसको अवसरमा स्थानीय तह र वन डिभिजन कार्यालय कपिलवस्तुको सहकार्यमा जगदीशपुर जलाशय व्यवस्थापन बहुसरोकार मञ्चको आयोजनामा चरा महोत्सवका साथै विभिन्न रचनात्मक कार्यहरु पनि गरिएका् छ । महोत्सवमा सांसद अतहर कमालले जगदीशपुर ताल प्रदेश नम्बर ५ कै प्रमुख पर्यटकीय स्थल रहेको बताउनुभयो । उहाँले लुम्बिनीसँग जोडेर जगदीशपुर तालको विकास गर्नु पर्नेमा जोड समेत दिनुभयो । कार्यक्रममा पूर्व मन्त्री दीपकुमार उपाध्यायले प्राकृतिक विविधताले भरिएको जगदीशपुर तालको संरक्षण र विकास गर्नु पर्ने बताउनुभयो । स्थानीयको सहभागितामा ताललाई सुन्दरीकरण गरी आयआर्जन तर्फ उन्मुख गराउुनु पर्ने उहाँको भनाइ थियो । दिवसका अवसरमा थारु समुदायले लाठी नाँच लगायतका कला प्रस्तुत गरेका थिए । तालमा चरा हेर्न आउनेहरुका लागि भ्युटावर निर्माणसँगै चरा अवलोकनका लागि बाइनाकुलरको पनि व्यवस्था गरिएको छ । एक सय ५७ हेक्टर क्षेत्रफलमा रहेको ताल सन् २००३ मा विश्व सिमसार क्षेत्रमा सूचिकृत भएको थियो । तालमा १ सय १८ बढी प्रजातिका चराचुरुङ्गी, ८ प्रजातिका उभयचर र ३८ प्रजातिका सरिसृप पाइने गरेको नेपाल पञ्क्षी संरक्षण संघले गरेको अध्ययनले देखाएको छ । विश्वमै दुर्लभ मानिएका आठ प्रजातिका चराचुरुङ्गीहरु जगदीशपुर तालमा देख्न पाइन्छ । त्यस्तै तालमा १० प्रकारका स्तनधारीहरु पनि देख्न पाइने वरिष्ठ चराविद डा.हेमसागर बरालले जानकारी दिनुभयो ।

CIN

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

सरकारविरूद्ध शनिबार ७५३ स्थानीय तहबाट प्रदर्शनमा उत्रन देउवाको निर्देशन

काठमाडौंको भद्रकालीमा बस पल्टिदा दुई जना गम्भीर घाईते

बुवाले घरमा आगो लगाउँदा जलेर दुई छोराका मृत्यु,एक गम्भीर घाइते

कोरोनाविरुद्धको खोप आयातमा आर्थिक सहयोग गर्न सरकारको आग्रह

प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा आज सुनुवाइ

प्रहरी हवल्दार १० हजार घुससहित पक्राउ

डिभोर्सको ८ वर्षपछि पूर्वश्रीमानको काजकिरिया

२४ बर्षपछि भैँसी चोरेर फरार व्यक्ति पक्राउ

आफनै आमाले गरिन् वीरगञ्जमा छोरीको हत्या

सरकारको गर्यो माघ १ गते सार्वजनिक बिदा दिने निर्णय

लिच्छविकालीन राजकुलो १७ वर्षपछि पुन: सुचारु

गाँजा तस्कर र प्रहरीबीच बारमा गोली हानाहान

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

सेल्फि खिच्दा ज्यानै गुम्यो

डिभीको नतिजा सार्वजनिक (नतिजा हेर्ने साइट र तरिकासहित)

कार्संग तामाङको मौलिक भाका ‘सिन्धु मेलम्ची हाम्रो गाउँ’

  • rg

PMC TV NEPAL