आजको पत्रपत्रीकाबाट Monday, 3 Feb, 2020
Prestige Media

छाउगोठ भत्काउने अभियानमा स्थानीय धामी झाँक्री मूख्य चुनौति ।।

छाउपडी उन्मुलनका लागि अछाम लगायत सुदूर र मध्यपश्चिमका जिल्लामा छाउगोठ भत्काउने अभियान चलिरहेको छ । तर, त्यस्तो अभियानमा स्थानीय धामी झाँक्री मूख्य चुनौति बनेको अभियान्ताहरू बताउँछन् । जिल्ला प्रहरी कार्यालय अछामले आयोजना गरेको छाउपडी गोठ अन्त्य तथा मर्यादित महिनावारी प्रवद्र्धन सम्बन्धी कार्यक्रमको सार्वजनिक सुनुवाईमा सहभागिहरूले यस्तो बताएका हुन् । सार्वजनिक रुपमा छाउप्रथाको विरोध गरेपनि, स्थानीय धामी झाँक्रीका कारण छाउ बार्नै पर्ने बाध्यता नहटेको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ का पदमबहादुर शाहको गुनासो छ । अछामका प्राय धामी झाँक्रीको घरमा अनिवार्य छाउ बार्ने चलन छ । कतिपय मानिस छाउगोठ भत्काउनु अघि विकल्प खोजिनुपर्ने बताईरहेका छन् । उनीहरूले छाउगोठसँगै गाईगोठ पनि भत्किएको गुनासो गरेका हुन् । छाउगोठ भत्काउने मात्र नभएर चेतना विस्तार गर्ने अभियान समेत चलिरहेको भन्दै प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले छाउपडी प्रथालाई प्रसय दिन महिला नै लागि परेको टिप्पणी गर्नुभयो । छाउगोठ बसेको÷बसाएको पाइएमा, त्यस्ता व्यक्तिलाई कानुनी कारबाही गरिने पनि उहाँले बताउनुभयो । सार्वजनिक सुनुवाईमा आम नागरिकले उठाएको प्रश्नको जवाफ दिंदै मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले छाउपडी प्रथा जसरी पनि उन्मुलन गरेरै छाड्ने बताउनुभयो । हालसम्म अछाममा चार हजार ५३ वटा छाउगोठ भत्काइसकिएको छ । तर, नागरिकहरू छाउगोठ सँगै छाउ बार्ने संस्कार पनि भत्काउनु पर्ने बताइरहेका छन् ।

CIN

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

सरकारविरूद्ध शनिबार ७५३ स्थानीय तहबाट प्रदर्शनमा उत्रन देउवाको निर्देशन

काठमाडौंको भद्रकालीमा बस पल्टिदा दुई जना गम्भीर घाईते

बुवाले घरमा आगो लगाउँदा जलेर दुई छोराका मृत्यु,एक गम्भीर घाइते

कोरोनाविरुद्धको खोप आयातमा आर्थिक सहयोग गर्न सरकारको आग्रह

प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा आज सुनुवाइ

प्रहरी हवल्दार १० हजार घुससहित पक्राउ

डिभोर्सको ८ वर्षपछि पूर्वश्रीमानको काजकिरिया

२४ बर्षपछि भैँसी चोरेर फरार व्यक्ति पक्राउ

आफनै आमाले गरिन् वीरगञ्जमा छोरीको हत्या

सरकारको गर्यो माघ १ गते सार्वजनिक बिदा दिने निर्णय

लिच्छविकालीन राजकुलो १७ वर्षपछि पुन: सुचारु

गाँजा तस्कर र प्रहरीबीच बारमा गोली हानाहान

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

सेल्फि खिच्दा ज्यानै गुम्यो

डिभीको नतिजा सार्वजनिक (नतिजा हेर्ने साइट र तरिकासहित)

कार्संग तामाङको मौलिक भाका ‘सिन्धु मेलम्ची हाम्रो गाउँ’

  • rg

PMC TV NEPAL