प्रविधि Thursday, 9 Jan, 2020
Prestige Media

हुम्ला सदरमुकाम सिमकोट सञ्चार बिहिन ।।

गत शुक्रबारबाट सञ्चार सेवा अबरुद्ध हुँदा हुम्लाको सदरमुकाम सिमकोट सञ्चार बिहिन भएको छ । सदरमुकाम सिमकोटसँग जोडिएको दैलेखको माबु लेकमा रहेको टावरमा चट्याङका कारण क्षति पुगेपछि सञ्चार सेवा अबरुद्ध भएको नेपाल टेलिकम हुम्लाले जनाएको छ । हुम्लामा सिडिएमए बाहेक अन्य टेलीफोन सेवा ६ दिनदेखि अबरुद्ध हुँदा सञ्चारमा समस्या भएको हो । टेलिफोन तथा इन्टरनेट सेवा अबरुद्ध हुँदा कार्यालयको कामकाज प्रभावित भएको कर्मचारीको भनाइ छ । माबुलेखमा रहेको रेडियो लिंकमा समस्या आएको र हिमपातका कारण मर्मतमा ढिलाइ भएकाले सेवा सुचारु हुन ढिलाइ भएको बताइएको छ । सामान सहित रेडियो लिंक मर्मतका लागि प्राबिधिक टोली सम्बन्धित स्थल गएको नेपाल टेलिकम हुम्लाका प्राबिधिक रामबहादुर बोहोराले बताउनुभयो । सदरमुकाम सिमकोटमा रहेको नेपाल टेलिकमको कार्यालयले २ सय ९६ ल्याण्डलाईन, २ सय ९६ एडिएसएल, ३ हजार ५ सय सिडि एमए र ८ हजार एनटिसि का लाईन बितरण गरेको छ । नेपाल टेलिकमको टावर रहेका विभिन्न ठाउँमा बेलाबेला समस्या आउँदा जिल्लाका सेवाग्राहीले बारम्बार समस्या भोग्नुपरेको छ ।

CIN

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

सेल्फि खिच्दा ज्यानै गुम्यो

डिभीको नतिजा सार्वजनिक (नतिजा हेर्ने साइट र तरिकासहित)

कार्संग तामाङको मौलिक भाका ‘सिन्धु मेलम्ची हाम्रो गाउँ’

  • rg

PMC TV NEPAL