आजको पत्रपत्रीकाबाट Monday, 29 Jul, 2019
Prestige Media

कसरी छनौट गर्ने टिकाउ जुत्ता-चप्पल ?

केहि समय अघिसम्म पनि महिलाहरुले केवल आफ्नो पहिरनमा मात्र ध्यान दिन्थे । पहिरन फेसन अनुरुप लगाएपछि आफुलाई फेसनेवल भएको महशुस गर्थे । तर आज ती युवतीलाई  फेसनेवल मानिन्छ, जसले पहिरन अनुसारको मेकअप तथा फुटवेयरको छनौट राम्रोसँग गर्छिन् ।

आजको दिनमा जति पहिरनलाई महत्व दिइन्छ, त्यति नै फुटवेयरलाई महत्व दिन आवश्यक छ । यद्यपि, फूटवेयर किन्नुभन्दा केही कुराहरुमा ध्यान दिनु अनिवार्य छ ।

 जस्तो यदि तपाईंको पहिरन आकर्षक छ, तपाईं सुन्दर देखिनु भएको छ भने त्यही अनुसारको फुटवेयर लगाएको हुनुपर्छ । त्यसैले आफ्नो पहिरन र स्टाइल अनुसारको फुटवेयर छनोट गर्नु पर्छ ।प्रायः होचो कदका युवतीहरुले आफूलाई अग्लो देखाउनका लागि अग्लो हिल भएका जुत्ता किनेको पाइन्छ, जुन सही होइन । तपाईंको उचाइ कम भए पनि, बढि भए पनि तपाईंले मध्यम हिल भएको फुटवेयर छनोट गर्नु पर्छ ।

यदि तपाईंको उचाइ अग्लो छ भने तपाईंले हेण्डवर्क गरिएको फुटवेयर छान्नु उपयुक्त हुन्छ । अग्ला युवतीहरुलाई गाढा तथा चम्किलो रंगका फुटवेयर सुहाउँछ । यसको ठिक विपरित, यदि तपाईंको शरीरको उचाइ कम छ भने तपाईंले हल्का तथा फेड रंगका फुटवेयर किन्नु पर्छ । होचो उचाइ भएका युवतीहरुले चम्किला, डिजाइनदार फुटवेयर नछानेकै राम्रो मानिन्छ ।

जुत्तँ-चप्पल किन्ने सबैभन्दा राम्रो समय कुन होला ? यो एउटा रमाइलो जिज्ञासा हुनसक्छ । फेसन पारखीहरुका अनुसार प्र्राय साँझको समय पारेर फुटवेयर किन्नु उचित हुन्छ । साँझपख खुट्टा सुन्निने भएकाले खुट्टाको साइजको उचित अनुमान लगाउन सकिन्छ, त्यही अनुसारको फुटवेयर किन्न सहज हुन्छ ।

तपाईंले बजारमा फुटेवयर किन्दै हुनुहुन्छ र त्यसका लागि खुट्टामा लगाएर साइज नियाल्दै हुनुहुन्छ भने उभिएर त्यसो गर्नु होला । तपाईंले उभिएर फुटवेयरको आकार परीक्षण गर्नु भयो भने तपाईंको शरीरको तौलले त्यो धेरै थिचियो भने त्यसलाई छाडेर अर्को फुटवेयर लिंदा राम्रो हुन्छ । त्यसक्रममा तपाईंले नयाँ फुटवेयर लगाएर केही पाइला हिंड्दा पनि सही परिक्ष्ँण हुन सक्छ ।

ढाड दुख्ने तथा पैताला दुख्ने समस्या छ भने तपाईंले अग्लो हिल भएका फुटवेयर हेर्दै नहेर्दा ठिक हुन्छ । अग्लो हिल भएका फुटवेयरमा शरीरको तौलको दवाव पैतालाको अघिल्लो भागमा पर्ने भएकाले मोटा व्यक्तिले पनि अग्लो हिल भएका फुटवेयर छनोट गर्नु हुँदैन ।

यदि तपाईंलाई घुँडा दुख्ने समस्या छ भने हल्का हिल भएको फुटवेयर उपयुक्त हुन्छ । त्यसले पैतालाको अघिल्लो भागको तनाव समेत कम गर्छ ।

अग्लो हिल भएका फुटवेयर लगाएर धेरै हिँड्नु हुँदैन । यसले तपाईंको खुट्टामा समस्या हुन्छ । अग्लो हिल लगाएर हिंड्नै छ भने यो समलत भागका लागि मात्र उपयुक्त हुन्छ । दुई ईन्च भन्दा अग्लो हिल लगाउनु हुन्छ भने तपाईंले शरीरलाई सन्तुलनमा राख्न सक्नु हुन्छ वा हुन्न, सहजै हिंड्न सक्नु हुन्छ अथवा हुन्न भन्ने कुरालाई पनि विचार गर्नु पर्छ ।

फुटवेयर लगाउँदा तपाईंको औंलाही एक-अर्कामा खप्टिनु हुँदैन, दुई वटा औंलाको बीचमा केही दुरी कायम रहनु पर्छ ।

सधैं फ्ल्याट फुटवेयर लगाउने गर्नु भएको छ भने कहिलेकाहिं हल्का हिल भएको फुटवेयर पनि लगाउने बानी बसाल्नु पर्छ ।

फुटवेयर किन्दा जहिले पनि गुणस्तीयर तथा ब्रँण्डेड कम्पनिको मात्र किन्नु पर्छ ।

तपाईंले लगाइरहनु भएको जुत्ता अथवा चप्पल च्यातियो भने एक-दुई पटक सिलाएर लगाउनु त ठिकै हो, तर पटक-पटक सिलाएर लगाउनु भयो त्यो राम्रो देखिंदैन । पटक-पटक सिलाएर लगाउँदा खुट्टालाई पनि असहज हुन सक्छ ।

फुटवेयर आफ्नो खुट्टालाई सुहाउने आकारको हुनु पर्दछ । अर्को कुरा उक्त फुटवेयर लचिलो हुनु पनि आवश्यक छ ।

रेक्सिन तथा प्लास्टिकबाट बनेका फुटवेयर सकेसम्म प्रयोग गर्नु हुँदैन । त्यस्ता फुटवेयरले खुट्टा गुम्सिने सम्भावना हुन्छ ।

यदि तपाईं छालाका जुत्ता अथवा चप्पल प्रयोग गर्नु हुन्छ भने तीनलाई नियमित पोलिस गर्नु पर्छ ।

धेरै समयसम्म जुत्ता लगाउँदा तपाईंको खुट्टा गन्हाउने समस्या छ भने क्लोज शू लगाउनु हुँदैन । यदि तपाईंमा त्यस्तो समस्या छ भने तपाईंले ओपन शूज नै छनोट गर्नु पर्छ ।

फुटवेयरको भित्री भाग (तलुवा) नरम हुनुपर्छ । खुट्टाको पैताला पर्ने भाग नरम हुन अनिवार्य छ ।

फुटवेयरको गोलीगाँठोनिरको भाग बलियो हुनुपर्छ । जुत्ता लगाउँदा त्यसले गोलीगाँठोलाई कसिलो पारेको अनुभव गराउने हुनुपर्छ ।

यदि तपाईंले फ्ल्याट चप्पल किन्ने निर्णय गर्नु भएको छ भने त्यसलाई एक पटक हल्का हातले दोबार्ने प्रयास गर्नु होला । सहर्ज दोब्रिने तथा नदोबि्रने दुबै प्रकारका चप्पल राम्रो मानिंदैन ।

तपाईंको खुट्टा भद्दा देखिन्छ भने हल्का हिल भएको फुटवेयर लगाउनु पर्छ । यसका साथै सकेसम्म खुट्टा नदेखिने तथा अँध्यारो रंगका फुटवेयर छनोट गर्नु पर्छ ।

तपाईंले रंगीन पहिरन लगाउनु भएको छ भने साधारण जुत्ता-चप्पल लगाउनु पर्छ ।

जाडो मौसममा जुत्तसंग मोजा लगाउन बिर्सन हुँदैन, तर चप्पलमा मोजा लगाउँदा चाहिं खासै सुहाउँदैन ।

स्टाइलिस जुत्ता-चप्पलसंग बाक्ला मोजा सुहाउँदैन, तीसँग पातला मोजा लगाउनु पर्छ ।

यदि तपाईं कामकाजी हुनुहुन्छ भने आफ्ना अफिसको भुईं अनुसारको फुटवेयर छनोट गर्नु पर्छ ।

जुत्ता लगाउने व्यक्तिले खुट्टाका औंलाहरुको नङ बेला-बेलामा छोट्याइरहनु पर्छ ।

अन्त्यमा, जुत्ता-चप्पल किन्नका लागि धेरै भिडभाड भएको बेलामा नभइ पसल खालि-खालि भएको बेला किन्नु पर्छ । हतारमा जुत्ता-चप्पल किन्नु भनेको पुनः दोहोर्‍यार त्यहाँ जार्नु पर्ने बाध्यता निम्त्याउनु हो । त्यसैले जुत्ता-चप्पल किन्दा समय, अवसर र वातावरणलाई पनि विचार गर्नु पर्छ ।

-अनलाइनखबर

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पाँच सय ४५ जना नेपाली विदेशका जेलमा ।।

दुई महिनादेखि ८ नेपाली महिला भारतिय प्रहरीको नियन्त्रणमा ।।

खाडाँदेवी गाउँपालिकाको जङ्गलमा चितुवा फेला ।।

भोलिसम्ममा चीनमा रहेका नेपाली विद्यार्थीलाई स्वदेश फर्काउने सरकारको तयारी ।।

विश्व सिमसार दिवसको अवसरमा सातौं चरा महोत्सव ।।

छाउगोठ भत्काउने अभियानमा स्थानीय धामी झाँक्री मूख्य चुनौति ।।

महोत्सवमा धुर्मुस सुन्तली फाण्डेशनको स्टल ।।

पोरखे लेकमा एक युवक मृत भेटिए

बादर आतंक बढ्दै ।।

सेवा लिन एक दिनको पैदल धाउँदै मांशिमाबासी ।।

आफ्नै ठाउँमा ड्राइभिङ सेन्टर खुलेपछि स्थानीयलाई सजिलो ।।

सुत्केरीलाई वडा कार्यालयबाटै पोषणयुक्त खानेकुरा खान भत्ता ।।

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

सेल्फि खिच्दा ज्यानै गुम्यो

डिभीको नतिजा सार्वजनिक (नतिजा हेर्ने साइट र तरिकासहित)

कार्संग तामाङको मौलिक भाका ‘सिन्धु मेलम्ची हाम्रो गाउँ’

  • rg

PMC TV NEPAL