कला / साहित्य Wednesday, 10 Apr, 2019
Prestige Media

रातो मच्छिन्द्रनाथको रथ बनाउन शुरु ।।

सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्राका लागि रथ बनाउने तयारी शुरु भएको छ ।

रथ बनाउनका लागि आवश्यक सबै काठ, बेतबाँस जुटिसकेको छ भने आवश्यक सामग्री बनाइरहेको छ । मच्छिन्द्रनाथको जात्रा सम्पन्न गर्नका लागि धेरै समुदायको सहभागिता हुन्छ । काठ काट्ने, काठबाट आवश्यक सामग्री बनाउने र रथ बनाउने काम फरक–फरक जातिको हुने गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले बताए ।

काठ काट्ने जिम्मेवारी पाएका बोसी समुदायले काटेर ल्याइसकेको उनले बताए । बाराही आवश्यक सामग्री निर्माणमा जुटिसकेका छन् । ञँवालले केही दिनपछि नै पाङ्ग्रा, धमालगायतका भाग कस्ने, बाँध्ने काम गर्ने उनले बताए ।

यो वर्ष रथ निर्माणका लागि थोरै मात्रै काठ ल्याइएको कार्यालयले जनाएको छ । गत वर्ष एक वर्षलाई आवश्यकभन्दा धेरै काठ ल्याइएको थियो ।

उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रातो मच्छिन्द्रनाथको जात्रा रहेको छ । मच्छिन्द्रनाथलाई छ महीना बुङ्गमती र छ महीना पाटनमा राखिन्छ । वर्षेनी पाटनमा हुँदा विभिन्न जात्रा र पर्वहरु हुने गर्छ भने १२ वर्षमा एक पटक बुङ्गमतीमा समेत भव्यरूपमा जात्रा मनाइन्छ । जात्रा मनाउनका लागि वर्षभरि नै विभिन्न कामहरु भइरहने कार्यालयले जनाएको छ ।

 

–अनलाइन खबरबाट साभार

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

सेल्फि खिच्दा ज्यानै गुम्यो

डिभीको नतिजा सार्वजनिक (नतिजा हेर्ने साइट र तरिकासहित)

कार्संग तामाङको मौलिक भाका ‘सिन्धु मेलम्ची हाम्रो गाउँ’

  • rg

PMC TV NEPAL