
कार्संग तामाङको मौलिक भाका ‘सिन्धु मेलम्ची हाम्रो गाउँ’
कुमार लामिछाने – काठमान्डौ । सिन्धुपाल्चोक जिल्लामा जन्मीएर बैदेसिक रोजगारको सिलसिलामा कोरियामा आफ्नो दैनिकी बिताइरहनु भएका नब सर्जक कारसांग तामांगले आफ्नो जिल्लाको पर्यटन बिकासको लागि समर्पित आफ्नो पहिलो गीतिकोसेली “सिन्धु मेलम्ची हाम्रो गाउँ ” बाेलकाे गीतकाे म्युजीक भिडीयो सार्बजनिक भएको छ । सार्बजनिक गीतमा कार्संग तामांग र गीता देबीको स्वर सुन्न सकिन्छ । गीतमा शब्द तथा संगीत समेत गायक कार्संग तामांगआफैले भरेका छन् । सिन्धुपाल्चोक जिल्लाको विभिन्न स्थानको प्रचार प्रसारको लागि यो गित तयार गरिएको छ , बिसेस गरि मेलम्ची खानेपानीको विभिन्न चर्चा रहेको यस जिल्लामा भिभिन्न पर्यटकिय स्थल हरु पनि रहेका छन् जस लाई भिडियोमा उतारिएको छ । सिन्धुपाल्चोक जिल्लाको भिभिन स्थानमा छायाङ्कान गरिएको एस एल्बममा मेलम्ची खानेपानीको सुरुङ्ग , ड्याम र मुख्य मुहान देख्न सकिनेछ । सुन्दर तरिकाले छायांकन गरिको म्युजीक भिडीयोमा काजिस श्रेष्ठ , करिस्मा ढकाल , सन्जिब ठकुरी र बबिता श्रेष्ठ अभिनय देख्न सकिन्छ ,गीतको छायांकन भने सागर गौतामले गरेका छन् ।खमेश श्रेष्ठको निर्देशन रहेको यस भिडीयोको निर्माण रेडियो मेलम्ची १०७.२ सिन्धुपाल्चोकले गरेको छ भने सफलता म्युजिक प्रा.लि ले बजार ब्यबस्थापन गरेको छ ।