Breaking News Wednesday, 25 Jan, 2017
Prestige Media

पूर्व लडाकूलाई दैनिकी चलाउन धौ धौ

बैतडी, १२ माघ । कुनै बेला देश परिवर्तनका लागि सशस्त्र द्वन्द्वमा होमिएकी बैतडीकी एक पूर्व लडाकूलाई अहिले दैनिकी चलाउन धौ धौ भएको छ ।
कक्षा ६ मा पढ्नेक्रममा विद्यालयबाटै आफू माओवादी अभियानमा लागेर भूमिगत भए, माओवादीका पूर्व लडाकु भगवतीले सार्कीले भनिन्– ‘पढ्ने बेलामा पढ्न पाइएन, नपढेपछि कहाँबाट रोजगार पाउनु, अहिले हातमुख जोर्न पनि धौ धौ परेको छ ।‘

देश परिवर्तनका लागि विसं २०६३ मा सशस्त्र द्वन्द्वमा होमिएकी बैतडीको दशरथ चन्द नगरपालिका–१ बाडीलेककी पूर्व माओवादी लडाकु सार्की अहिले साँझ बिहान छाक टार्न कहिले गिट्टी कुट्छन् त कहिले सडक सफा गर्छन् ।

सेना समायोजनाका क्रममा अयोग्य ठहरिएपछि उनी आफ्नो घर फर्केर आएकी हुन् । बैतडीको सित्तड गाविस माइती भएकी सुशीला विवाहपछि बैतडीकै दशरथ चन्द नगरपालिका–१ बाडीलेकमा बस्दै आएकी छिन् ।

खानलगाउन समस्या भएपछि भगवतीका श्रीमान् रोजगारीका लागि भारत पसेका छन् । तत्कालीन माओवादी सेनाको लोकेश स्मृति ब्रिगेड ७ औँ डिभिजनमा कार्यरत भगवतीले घर फर्कनेबेला एक पैसा पनि नपाएको दुखेसो गर्नुभयो ।

समाज र देश बदल्न क्रान्तिमा हिँडियो, उनी भनिन्– व्यवस्था फेरिएर गणतन्त्र आयो र लडाकुलाई अयोग्य भनेर घर पठायो तर घर फर्केको लामो समय बितिसक्दा पनि आफूले अहिलेसम्म एक पैसा पाएको छैन् ।

अयोग्य लडाकु घर फर्किने बेला कसैले सीपमूलक तालिम सिकेर घर पर्किए, कोही रु चार लाख ल्याएर फर्किए, मैले न त कुनै सीपमूलक तालिम पाए न त पैसा नै भगवती भनिन्– बिहेपछि अहिले मसँग चार वर्षकी छोरी छिन्, पैसा नहुँदा छोरीलाई सरकारी विद्यालयमा समेत भर्ना गर्न सकिएको छैन् ।

ब्यारेकबाट घर फर्कने बेलामा उहाँका सबै कागजपत्र कमान्डरले राखेर केही पाइने भए खबर गरौँला भनेको थियो तर अहिलेसम्म कुनै खबर आएन, उनले शान्ति प्रक्रियापछि नेताहरूले घर घडेरी जोडेका छन् तर यहाँसम्म पु¥याउन भ¥याङ बनेका लडाकुलाई बेवास्ता गरेको दुःखेसो पोखिन् ।

“यस्तो जीवन भोग्नु रै’छ, सहिद भएको भए राम्रो हुन्थ्यो” भगवती भनिन् –आफूसँगैका साथीहरु नेता मन्त्री बने तर हामी बाडीलेकको सानो घरमा कैदी जस्तै भएकी छु ।

“पढ्ने उमेरमा युद्धमा लागियो, के–के नै हुन्छ भन्ने सोचेकी थिएँ, आखिर यस्तो भोग्नु रहेछ” – भगवतीले भन्नुभयो । अहिले बसु भने घर छैन, लगाउँ भने लुगा छैन, खानका लागि अन्न छैन, नजिकैको पसलबाट रु पाँच हजारको चामल किनेको पनि वर्षौं भईसक्यो, अहिलेसम्म त्यो पनि तिर्न नसकेकामा उनी दुःखित छिन् ।

कमाएर खाउँ भन्दा जग्गा छैन, बस्न घर पनि छैन, पानी परेपछि छिमेकीको घरमा बास बस्न जानुपर्ने बाध्यता रहेको उनको कथन छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

नेताहरूको कार्यविभाजन गर्दै ओलीको अपील– निराश नहुनु, पार्टी पुनर्गठन हुन्छ

दिल्ली पुगे रास्वपा सभापति लामिछाने

आज गणतन्त्र दिवस, टुँडीखेलको कार्यक्रमलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने

कि प्रधानमन्त्रीलाई बोलाइदिनुपर्‍यो, होइन भने मलाई निस्केर जा भन्नुपर्‍यो : हर्क साम्पाङ

रास्वपा सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न मानवअधिकार आयोगले देखाएका ४ आधार

पेलिएरै आएकाहरूले विपक्षीलाई पेलेको पटक्कै सुहाएन : खुश्बु ओली

श्रीमान्‌को कुटपिटबाट महिलाकाे मृत्यु

बागमतीको मुख्यमन्त्री भन्छन्- गरिबलाई गरिखाने वातावरण दिने बजेट आउँछ

प्रतिनिधिसभा बैठक बस्दै, आज

चीनको कोइलाखानी दुर्घटनाप्रति रास्वपा सभापति लामिछानेद्वारा दुःख व्यक्त

ओलीको असहमतिबीच बन्यो कार्यदल

पोखराको फिर्केखोलाको खोलाघरमा बनेका संरचना हटाइँदै

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL