Uncategorized
Saturday, 27 Aug, 2016
सेल्फि खिच्दा ज्यानै गुम्यो
भाद्र ११ ,काठमान्डौ – साथी साथी मिलेर सुन्दरीजल घुम्न गएका एक युबाको आज तस्बिर (सेल्फी ) खिच्ने क्रममा लडेर मृत्यु भएको छ
काठमान्डौ धुम्बारही चप्पलकारखाना निवासी २६ बर्सिय सुबर्ण थापाको मृत्यु भएको सुन्दरीजल प्रहरी प्रभागले जनाएको छ । प्रहरिका अनुसार सुबर्ण थापा , अभिशेक खड्का र उनका भान्जा मिलेर घुम्न गएका मध्ये तस्बिर खिच्ने क्रममा (भान्जा) पानीको बहाब भएको खोचमा लडेपछी भान्जालाई बचाउन दुबै जना हाम फालेका थिए सो क्रममा सुबर्ण थापाको मृत्यु भएको हो भने मामा अभिशेक खडका र भान्जा भने पौडेर बाँच्न सफल भएका छन ।